धुवाँधुवाँ जिन्दगी, पशुपतिनाथमा बाबाजीका यी रुप (फोटो फिचर)
काठमाडौँ : महाशिवरात्रीका अवसरमा हिन्दुहरुका आराध्यदेव पशुपतिनाथमा देशविदेशका साधुसन्तको भिड लागेको छ । नेपालका विभिन्न भाग र भारतबाट समेत ठुलो संख्यामा पशुपतिनाथ क्षेत्रमा बाबाजीहरुको भिड लागेको हो ।
शिवरात्रीका अवसरमा भारतका विभिन्न स्थानबाट नागाबाबा पनि पशुपतिनाथमा आइपुगेका छन् । नेपाल र भारतबाट आएका साधु सन्तमध्ये धेरैजसो चुरोट–गाँजाको धुवाँमा मस्त देखिन्छन् ।
गाँजालाई सरकारले लागू औषध भन्दै प्रतिबन्धित सूचीमा राखेपनि महाशिवरात्रीको अघिल्लो रातदेखि नै पशुपति परिसरमा यसको धुवाँ उडिरहेको हुन्छ ।
गाँजाको एक सर्को धुवाँ तान्नकै लागि युवायुवतीहरु पनि बाबाजीहरुसम्म पुग्ने गरेका छन् । प्रहरीले गाँजा विक्रीमा रोक लगाए पनि बाबाजीहरुमार्फत् युवा युवतीले यसको स्वाद आजका दिन चाखिरहेको देख्न सकिन्छ ।