प्रचण्ड भन्छन् : विप्लवका गतिविधि गम्भीर, हतियारको जिम्मा लिँदैनौं

प्रचण्ड भन्छन् : विप्लवका गतिविधि गम्भीर, हतियारको जिम्मा लिँदैनौं

विराटनगर : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधिमा राज्य गम्भीर हुनुपर्ने बताएका छन् । विप्लव नेतृत्वको नेकपाबाट उब्जिएको समस्या समाधानका लागि सरकारले छलफल थालिसकेको पनि उनले बताएका छन् । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अतिवाद नियन्त्रण गर्न सरकारले गम्भीररूपले सोच्ने बताए । 'विप्लवबाट उत्पन्न समस्या राजनीतिक र प्रशासनिक दुवै विधिबाट समाधान खोजिन्छ', उनले भने । 

प्रचण्डले विप्लवसँग सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको पनि बताए । 'सरकारले राजनीतिक रुपमा सहमतिको प्रयास गर्छ', उनले भने, 'त्यसलाई कसैले मान्दैन भनेमा त्यो अतिवाद हो । सरकारले त्यसपछि प्रशासनिक ढंगले हल खोज्छ ।'

अध्यक्ष दाहालले तत्कालीन नेकपा माओवादीले सबै हतियार क्यान्टोन्मेन्टमा राखिसकेकाले त्यहाँ भन्दा बाहिरका हतियारको जिम्मा आफूले नलिने पनि प्रष्ट पारेका छन् । 

एक साताअघि मात्रै नेपाली सेनाले मात्रै प्रयोग गर्ने एम-१६ र एलएमजी राइफल प्रहरीले धरानको पानमाराबाट बरामद गरेको थियो । त्यही सन्दर्भमा अध्यक्ष दाहालले यस्तो भनेका हुन् । विप्लव नेतृत्को नेकपाका कार्यकर्ताको साथबाट सशस्त्र संघर्षका समयमा नेपाली सेनाको ब्यारेकबाट लुटेका हतियार प्रहरीले बरामद गरेपछि प्रचण्डले यस्तो स्पष्टिकरण दिएका हुन् । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.