वैशाखदेखि जनकपुरधाममा रेल आउने

वैशाखदेखि जनकपुरधाममा रेल आउने

धनुषा : वैशाखदेखि जयनगर-जनकपुर रेल सेवा सञ्चालन हुने भएको छ । सरकारको रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्‍याएकाले सरकारले जयनगर-जनकपुर रेल सेवा सञ्चालन गर्न लागेको हो । 

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । 

यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिए पनि ट्रयाक निर्माणलगायतका काम नसकिएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन । 

'अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछ', उनले भने । मिश्रले रेलले एक घण्टाको समयमा जयनगर-कुर्थाको दूरी पार गर्ने बताए । पाँच सय यात्रु बोक्ने रेलले दैनिक सेवा दिने मिश्रले बताए । रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.