अझै कुरा मिलेन कांग्रेसमा

अझै कुरा मिलेन कांग्रेसमा

काठमाडौं : नेविसंघ विवाद, अनुशासन–निर्वाचन समिति गठनसहितका मुद्दामा शीर्ष नेताको मत नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। शीर्ष नेताको तिक्तताका कारण १४ फागुनमा बैठकनै नबसि स्थगित केन्द्रीय समिति अनिश्चित बनेको हो।

विवादिन विषयमा परामर्श गर्न सभापति शेरबहादुर देउवाको कार्यकक्षमा वरिष्ट नेतासहितको शीर्ष नेतृत्वको अनौपचारिक बैठक भएको थियो। यी विषय टुंगो नलागेसम्म बैठकमा नजाने भन्दै सभापतिकै कार्यकक्षबाट बाहिरिएपछि देउवाले बैठक स्थगित गरेका थिए।

बैठक स्थगित भएको एक साता विति सक्दा समेत यो विषयमा शीर्ष नेताबीच अनौपचारिक कुराकानी समेत भएको छैन। महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा केही दिनयता काठमाडैां बाहिरका कार्यक्रमा सहभागी भएकाले अर्को बैठक निश्चित गर्न नसकिएको बताउँछन्। ‘हामीले अनौपचारिक कुराकानी गरिरहेका छौं। एक दुई दिनमै बैठक कहिले गर्ने भन्ने टुगो लगाउँछौं’, महामन्त्री खडकाले अन्नपूर्णसँग भने।

उनले पार्टीको विभागहरू गठन, नेविसघको तदर्थ समिति, पार्टीको अगामी कार्यक्रमका बारेमा शीर्ष तहमा अनौपचारिक कुराकानी चलिरहेको दाबी गरे। निर्वाचन र अनुशासन समितिमा नाम सिफरिस गर्ने विषयमा विवाद भएपछि बैठक वहिष्कारसम्मको चेतावनी आएपछि दुई पक्षबीच मतभेद चुलिएको हो। त्यसअघि सभापति देउवाले बहुमतका आधारमा पार्टी विधानलाई केन्द्रीय समितिबाट अनुमोदन गराए पछि दुई पक्षबीचको मतभेद बढेको थियो। यो विषयमा पौडेल–सिटौला समूहका नेताले नोट अफ डिसेन्ट नै लेखेका थिए।

पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले सभापति देउवा र उनको पक्षसँग यो बीचमा कुनै अनौपचारिक कुराकानी समेत नभएको बताए। ‘सभापति र उनी पक्षधर नेताहरूमा पार्टीको विषयमा गम्भीर छलफल गर्ने मनसाय नै देखिएन’, सिटौलाले भने, ‘उहाँहरू पार्टीलाई कहाँ लान खाजेको त्यो नै बुझन गाह्रो भइरहेको छ।’

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मुखमै आइसकेको छ भन्दै सिटौलाले भने, ‘हाम्रो विद्यार्थी संगठनको केन्द्रीय समिति छैन। हामीले कसरी अगाडि बढ्न खाजेका हौं। त्यो नै अस्पष्ट देखियो।’

आइतबार मात्रै आफ्ना नजिकका विद्यार्थी नेतासँग अनौपचारिक छलफल गरेका नेता सिटौलाले जिल्लातर्फ गएर संगठन निर्माणमा लाग्न निर्देशन दिएका थिए। सभापति देउवा र विपक्षी खेममा नेताबीचमा अनौपचारिक कुराकानी नबढे पनि दुवै पक्षको आ–आफ्नो समूहको अनौपचारिक छलफल गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.