पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, रसियन पर्यटकको मृत्यु
पोखरा : पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमित्री स्टेपनसिनको दुर्घटनामा परेर ज्यान गएको हो ।
दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्याइएको थियो । चिकित्सकले त्यहीँ उनलाई मृत घोषित गरे । मृत्यु हुने राहदानी नम्बर ७५६६५५८०६ का रसियन पर्यटक ४२ वर्षीय डिमित्री स्टेपनसिन रहेका वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले जानकारी दिएका छन् ।
पोखरामा तीन दिनदेखि लगातार प्याराग्लाइडिङ दुर्घटना भइरहेको छ । सोमबार रसियाका दुई नागरिक प्याराग्लाइडिङ दुर्घटनाा परी गम्भीर घाइते भएका थिए । त्यस्तै आइतबार रोमानियाका एक पर्यटकको प्याराग्लाइडिङ दुर्घटनामा परेर ज्यान गएको थियो ।