त्रिभुवन विमानस्थलबाट ६९ हजार डलरसहित २ जना पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६९ हजार ५ सय ५० अमेरिकी डलरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार वैंकक जान लागेका काठमाडौं महानगरपालिका-४ की सरला खड्का र काठमाडौं महानगरपालिका-१६ बस्ने रिंकु गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।
नेपाल एयरलाइन्सबाट बैंकक जान लागेका उनीहरुलाई अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लुकाएर लैजान लागेको अमेरिकी डलर फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सरला खड्काको साथबाट ३५ हजार ६ सय ५० र रिंकु गुरुङको साथबाट ३३ हजार ९ सय अमेरिकी डलर बरामद गरेको छ।
पक्राउ दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर लगिएको छ।