कांग्रेसको प्रश्न : राहत शिक्षकमाथि हस्तक्षेप किन ? माग पूरा गर्नू
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएकोमा विरोध गरेको छ ।
काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले नयाँ बानेश्वरमा गरेको प्रदर्शनमा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’जनाएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने खोजेको आरोप लगाएका छन् ।
खाणले सरकारसँग राहत शिक्षकका माग पूरा गर्न पनि आग्रह गरेका छन् । उनले आन्दोलनमा घाइते भएर उपचाररत शिक्षकको स्वास्थ्यलाभको कामना गरेका छन् ।