बजार नपाउँदा शीतभण्डारमै कुहिन थाल्यो जुनार

बजार नपाउँदा शीतभण्डारमै कुहिन थाल्यो जुनार

डडेल्धुरा : बजार नपाउँदा डडेल्धुरामा लाखौं रुपैयाँको जुनार शीतभण्डारमै कुहिन थालेको छ। गत मंसिरमा किसानबाट खरिद गरी अमरगढी नगरपालिका–१ दहस्थित उग्रतारा शीतभण्डारमा राखिएको करिब दुई सय क्विन्टल जुनारले उचित मूल्य नपाउँदा कुहिन थालेको हो। 

प्रतिकेजी २५ रुपैयाँका दरले खरिद गरिएको करिब पाँच लाख रुपैयाँ बराबरको जुनारले शीत भण्डारमा रहेको छ।  भागेश्वर गाउँपालिका सिराड लगायतका गाउँका किसानबाट खरिद गरी शीतभण्डारमा राखिएको जुनार कुहिन थालेपछि व्यापारी चिन्तित बनेका छन्।

जुनारलाई कोल्डस्टोरमा ४० देखि ४५ दिनसम्म राख्न मिल्ने भए पनि बजार नपाउँदा बाध्य भएर निर्धारितभन्दा दोब्बर समय शीतभण्डारमै राख्नु पर्दा जुनार कुहिएर फाल्नु परेको उग्रतारा शीतभण्डारका अध्यक्ष भोजराज भट्टले बताए।  फागुनमा खरिद गरी भण्डार गरिएको जुनार चैत तथा बैशाखमा बिक्री गर्दा बजार पाउने थियो।

उग्रतारा शीतभण्डारका अध्यक्ष भट्टले भने, ‘हामीले मंसिरमै खरिद गरी शीतभण्डारमा राख्यौं। अहिले बजारमा बोटबाट पनि जुनार आउँदैछ। शीतभण्डारको कसैले लिन खोज्दैनन्।’ गत वर्ष मात्रै स्थापना भएको शीतभण्डारमा यसअघि आलु मात्रै राखिएको थियो। यस वर्ष पहिलो पटक किसानलाई पनि राहत र व्यवसायिक रुपमा लाभ लिन सकिने भन्दै जुनार भण्डारणमा गरिएको हो। ‘जुनार टिप्दा चोट पटक लागेका दाना छिट्टै कुहिने रहेछ,’ अध्यक्ष भट्टले भने, ‘प्राविधिक ज्ञान नभएकाले पनि हामी केही असफल भयौं। काम गर्दै सिक्दै जाने जस्तो भयो। किसानले त राम्रो मूल्य पाए। तर व्यवसायी त्रसित हुने अवस्था आयो।’ चिसो हट्न नसकेकाले पनि जुनारले यस वर्ष त्यति बजार पाउन नसकेको उनको भनाइ छ।

आलुका लागि सेट गरिएको तापक्रममा नै जुनार राखिएकाले पनि कुहिन थालेको उनको बुझाइ छ। कुहिएका जुनार कोल्डस्टोरको रेखदेख गर्दै आएका रामबहादुर साउद अहिले दिनभरी जुनार छान्दै फाल्दै आएका छन्। शीतभण्डारमा राखिएको जुनार बिक्रीका लागि धनगढी, महेन्द्रनगरदेखि देशका पूर्वी जिल्लासम्म सम्पर्क गर्दासमेत विक्रि हुन सकेको छैन। जुनार भण्डारण गर्नका लागि कोल्डस्टोरको छुट्टै व्यवस्था नहुँदा र जुनार टिप्दा सावधानी नअपनाउँदा छिटै कुहिन थालेको कृषि ज्ञान केन्द्र डडेल्धुराका अधिकृत दिलबहादुर बिष्टले बताए। भागेश्वर गाउँपालिका वडा नम्बर ४ र ५ जुनार उत्पादनका लागि पकेट क्षेत्र हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.