गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल'ले एक चीन नीतिप्रति नेपालको अडान रहेको दोहोर्याएका छन् । गृहमन्त्री थापा र चिनियाँ राजदूत हाउ याङगीबीच आज गृहमन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उनले यस्तो बताएका हुन् ।
थापाले विश्व शान्ति र स्थितताका लागि चिनले खेलेको भूमिकाको प्रशंसा गरे । भेटमा राजदूत याङगीले चिनका सार्वजनिक सुरक्षा मन्त्रीले गृहमन्त्री थापालाई चिनको औपचारिक भ्रमणको निमन्त्रणा गरेको जानकारी दिइन्।
राजदूत याङगीले चिन विरोधि गतिविधी हुन नदिन नेपालले लिएको कदमको प्रशंसा गरेकी छिन् । उनले आगामी दिनमा नेपाल-चिन सम्बन्धलाई मजबुत पार्न मिलेर काम गर्ने बताइन् ।