राष्ट्रिय स्वार्थ अनुकूल परारष्ट्र नीति अख्तियार गर : विज्ञ

राष्ट्रिय स्वार्थ अनुकूल परारष्ट्र नीति अख्तियार गर : विज्ञ

काठमाडौं : कूटनीतिक क्षेत्रका विज्ञहरूले सरकारलाई दुई छिमेकीसँग मात्रै अलमलिएर नबस्न सुझाव दिएका छन्। उनीहरूले परम्परागत सम्बन्धमा अल्झिनु भन्दा पनि आफ्नो स्वार्थअनुकूल परराष्ट्रनीति अख्तियार गर्न सुझाएका हुन्।

देखावटी रुपमा होइन, स्पष्ट रुपमा नै कूटनीतिको प्राथमिकता तय गरेर अघि बढ्न आवश्यक रहेको पनि उनीहरूले औँल्याए। नेपालको परराष्ट्र नीति नयाँ प्रस्थानको संघारमा रहेको अवस्थामा लामो कूटनीतिक अनुभव बटुलेका विज्ञहरूले यस्तो सुझाव दिएका हुन्।

कूटनीति र विकास केन्द्रले काठमाडौंमा मंगलबार आयोजना गरेको ‘नेपालको परराष्ट्र नीतिको सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा राष्ट्रसंघका उपमहासचिव रहिसकेका पूर्व परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्यले नेपालको परराष्ट्रनीति अहिले कतातर्फ सोझिने भन्ने संघारमा रहेको बताए।

नेपाल विश्व समुदायमा देखा पर्नु अघिको अवस्थाबाट पार गर्दै समग्र विश्वमा खुलेको थियो। विश्व समुदायमा नदेखिँदा र देखिएपछिको अवस्था भन्दा अहिले फरक अवस्थामा नेपाल रहेको विश्लेषण उनको छ।

यतिबेला नेपालमा विश्वको नजर रहेको भन्दै त्यसलाई क्यास गर्न आवश्यक रहेको उनले बताए। एसिया क्षेत्र विश्व राजनीतिको केन्द्र हुँदै गएको अवस्था र शक्ति पनि यही क्षेत्रमा केन्द्रित हुँदै गएको उनले स्पष्ट पारे।

भारत र चीनसँगको सहकार्यमा समेत स्पष्ट भएर विश्वमा नेपालले आफ्नो धारणा राख्न सक्नुपर्ने उनले बताए। उदाउँदो शक्ति चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) र परम्परागत शक्ति अमेरिकाको इन्डो प्यासिफिक रणनीतिको बीचमा यो क्षेत्र परिसकेको भन्दै नेपाल सचेत भएर स्वार्थ अनुकूल प्राथमिकतामा हिँड्न उनको सुझाव छ।

'हामी आयात होइन, निर्यातमुखी र रेमिट्यान्सबाट मात्र दिगो विकास परिकल्पना सहज छैन', उनले भने, ‘छिमेक र शक्तिशाली मुलुकमात्र होइन दातृ मुलुक, रोजगारदाता मुलुक समेतसँग परराष्ट्र नीतिलाई विविधिकरण गर्दै लैजानुपर्छ।’ लोकतन्त्रको विकास, लोकतान्त्रिक आचरणका शुद्धीकरण, राजनीतिक चरित्र, आर्थिक पारदर्शिता र कनेक्टिभिटीको विकासबाट मात्र विश्वको विश्वास जित्न सकिने उनले बताए।

अर्का पूर्व परराष्ट्र सचिव केदारभक्त श्रेष्ठले नेपाल पछिल्लो समय आर्थिक कूटनीतिमा जोड दिनुपर्ने भनिए पनि गम्भीर नभएको बताए। अनुदानमा आधारित वैदेशिक सहयोगसँगै साझेदारीमा लम्कन सक्नुपर्ने उनको धारणा छ। नेपालले छिमेकी चीन भारत पछि अमेरिका र अन्य दातृ मुलुकसँगको सम्बन्धमा स्पष्टता र सन्तुलन कामय गर्नपर्ने उनको जोड थियो।

पूर्व राजदूत मोहन कृष्ण श्रेष्ठले नेपालले आर्थिक कूटनीतिको असली अभ्यास गर्नुपर्ने बताए। उनले कूटनीतिमा सहकार्य महत्वपूर्ण रहने भन्दै राजनीतिक दलहरूबीच यसमा समझदारी कामय गरेर विकास प्रक्रिया अघि बढाउन पर्ने बताए।

पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायमा नेपालको विश्वास गुम्दै गएको र यसलाई उकास्न आवश्यक रहेको धारणा अर्का पूर्व सचिव द्वारिकानाथ ढुंगेलले बताए। परराष्ट्रनीतिमा एकरूपता आवश्यक रहेको पनि उनले सुझाए।

राजनीतिक मामिला विश्लेशक गेजा शर्मा वाग्लेले प्राथमिकता तय गरेर कूटनीति सञ्चालन गर्नपर्ने बताए। उनले यही स्रोत र साधनले पनि कूटनीतिक नियोगहरू सक्रिय बनाउन सकिने भए पनि त्यसतर्फ काम नभएको आरोप लगाए।

आरम्भमा परराष्ट्र सचिव शंकर बैरागी पनि सहभागी हुने भनेर उनकै नामसमेत राखेर निमन्त्रणा बाँडिएको भएपनि अन्तिम समयमा उनी कार्यक्रममा सहभागी भएनन्। यसैबीच, कार्यक्रममा १३ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेन्जिङ शेर्पा र महिला आरोही पत्रकार टोली (रोजिता बुद्धाचार्य, रोशा बस्नेत र देउराली चाम्लिङ) लाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.