ज्यान मुद्धाका फरार अभियुक्त ८ वर्षपछि पक्राउ
दैलेख : आठ वर्षदेखि कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। साविकको कट्टी गाविस-२ हाल भगवतीमाई गाउँपालिका-६ का ३८ वर्षीय टोपबहादुर सिंहलाई उनकै घरबा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला अदालतले सोही ठाउँका २१ वर्षीय शेरबहादुर पुन मगरलाई हत्या गरेको भन्दै २०६७ चैत २३ गते अभियुक्त सिंहलाई २० वर्ष कैद सजायको फैसला गरेपछि उनी फरार थिए। सिंहसँगै कैद सजाय तोकिएका थप ३ जनामध्ये १ जनाको मृत्यु भैसकेको र २ जना अझैं फरार रहेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
गत २०६२ कार्तिक १८ गते भैलो खेलिरहेको अवस्थामा अभियुक्त सिंहसहितको समूहले पुनको हत्या गरेको भन्दै मृतकका परिवारले प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्धा दर्ता गराएका थिए।