रेशम चाैधरीलाई जन्मकैद फैसलापछि सरकारकाे समर्थन फिर्ता लिने राजपाकाे घोषणा

रेशम चाैधरीलाई जन्मकैद फैसलापछि सरकारकाे समर्थन फिर्ता लिने राजपाकाे घोषणा

काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद  रेशम चौधरीमाथि आजीवन काराबास फैसला भएपछि राजपाको आपतकालिन बैठकले यस्तो निर्णय गरेको हो।

आज जिल्ला अदालत कैलालीले रेशम चौधरीमाथि फैसला गरेपछि राजपाकाे अध्यक्षमण्डलकाे आपतकालिन बैठक बसेकाे थियाे। साेही बैठकले सरकारलाई यसअघि दिँदैआएकाे समर्थन फिर्ता दिने घाेषणा गरेकाे हाे। 

दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान सशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा नगरेको, उनीहरूमाथि लगाइएका झूट्टा मुद्दा फिर्ता नदिएको घाइतेहरूको उपचार नगराएको लगायतका आरोप राजपाले सरकारमाथि लगाएको छ।

बेरोजगारी, महँगी र भ्रष्टाचार नियन्त्रण नगरेको, बाढीपीडितलाई राहत नदिएको, निर्मला पन्त बलात्कार लगायत घटनाका अपराधीलाई कारबाही नगरेको, शान्तिसुरक्षा कायम गर्न नसकेको, सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको लगायतका आरोप राजपाले लगाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.