सिके राउतलाई बेवास्ता गरे राष्ट्रिय सुरक्षामा समस्या : कमल थापा

सिके राउतलाई बेवास्ता गरे राष्ट्रिय सुरक्षामा समस्या : कमल थापा

भैरहवा : रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सिके राउत समूहलाई वेवास्ता गरिए रााष्ट्रिय सुरक्षामा समस्या उत्पन्न हुने बताएका छन् ।

पार्टीको मेची-महाकाली रााष्ट्रिय स्वाभिमान यात्राको सभालाई भैरहवामा बुधवारस म्बोधन गर्दै उनले १२ वर्ष गलत राजनीतिक अभ्यासका कारण देश टुक्राउने समूह सतहमा आएको बताए ।

‘देश टुक्रयाउनु पर्छ भन्ने आवाज उठेको थिएन, तर ०६२÷०६३ को जनआन्दोलनपछिको गलत राजनितिकको अभ्यासका कारण अहिले त्यो विखन्डनकारी समूह सतहमा आएको छ’, सभामा सिके राउत समूहतर्फ इंगित गर्दै उनले भने, ‘यो समूहलाई समयमै हेरिएन भने देशको सुरक्षामा ठूलो खतरा बन्न सक्छ । ’

उनले मधे स्वतन्त्र देश हो भन्ने प्लेकार्डसहित खुलेआम सभा जुलुस हुने गरेपनि राज्य संयन्त्र मौन बसेको आरोप लगाए । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले केही कर्मचारी, व्यापारी र ठूला नेता मिलेर ब्रम्हलुट गरेको आरोप लगाए । एनसेलको कर छली काण्ड, ३८ क्वीन्टल सुन तस्करी, वाइडवडी हवाइजहाज खरिद प्रकरणमा घोटला जस्ता कारणले देशमा लुटतन्त्र चलेको प्रष्ट भएको उनले बताए ।

मधेसी सामुदायमा राष्ट्रप्रतिको भाव बढी रहेको भन्दै सीमानामा बसेर देशको रक्षा गर्ने मधेसी समुदाय बिनाबर्दीका सच्चा सेना भएको उल्लेख गरे ।

उनले नयाँ नेपाल बनाउने नाममा हिन्दु राष्ट्रको पहिचान समाप्त गरेर धर्मनिरपेक्षता थुपारिएको आरोप लगाए । ‘हिन्दु राष्ट्रको पहिचानको समाप्ती र राजसंस्थालाई पाखा लगाइए पनि जनताले परिवर्तनको अनुभुति गर्न नपाएको उल्लेख गर्दै ०६२÷०६३ को जनआन्दोलनपछि आखिर जनताले के पाए ?’, उनले प्रश्न गरे ।

थापाले देश संकटको दलदलमा भासिदै गएको दावी गर्दै मुलुकमा गरिब र धनीबीच पनि ठुला खाडल भएको बताए । उनले शान्ति प्रक्रिया टुंगिएको भनिए पनि विप्लव नेकपालाई इंगित गर्दै नयाँ माओवादी नयाँ ढंगले सतहमा देखिएको बताए ।

राप्रपाका वरिष्ठ नेता दीपक बोहराले सभालाई सम्बोधन गर्दै हिन्दु राज्यसहित आफुहरुको माग पुरा नभए अगामी महिना चैतदेखि आन्दोलन गर्ने चेतावानी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.