सौर्य एयरलाइन्सको नियमित उडान फागुन २४ देखि

सौर्य एयरलाइन्सको नियमित उडान फागुन २४ देखि

काठमाडौं : सौर्य एयरलाइन्सले फागनु २४ गतेबाट पुनः नियमति उडान गर्ने भएको छ। विमानस्थललाई तिर्नुपर्ने उडान तथा अवतरणसहितको शुल्क तिर्न नसकेर जहाज मंसिर ११ देखि ग्राउन्डेड भएको थियो।

विमानस्थल कार्यालयलाई चार करोड रुपैयाँ तिर्न बाँकी भएका कारण शुल्क नबुझाएसम्म विमानस्थल कार्यालयले सौर्यको उडानमा रोक लगाएको थियो। यो एयरलान्इसमा भारतीय लगानीकर्ताको लगानी जुटेकाले जहाजले पुनः उडान गर्ने भएको उल्लेख छ।

यो वायुसेवाले ल्यान्डिङ पार्किङबापतको बक्यौता रकममध्ये ५० लाख रुपैयाँ बुझाएको र बाँकी रकम किस्तामा दुई महिनाभित्र तिर्ने सहमति गरेकाले अब नियमित उडान हुने सौर्यले बुधबार जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ।

यो वायुसेवाले नयाँ सेयरधनीका रूपमा भारतीय लगानीकर्ता कुवेर ग्रुपलाई भित्र्याएकाले अब सहज र नियमति रूपमा उडान हुने सौर्य एयरका प्रबन्ध निर्देशक गोपाल भट्टराईले बताए। उनले भने, ‘यो वायुसेवा बिक्री भएको भन्ने हल्ला आएको छ। त्यसो होइन। हामीले ६२ करोड रुपैयाँ जहाजको मूल्यांकन गरेर ४९ प्रतिशत सेयर बेचेका हौं।’ नयाँ लगानीकर्ता भित्रिएपछि अब सौर्यमा ५१ प्रतिशत नेपाली व्यवस्थापनको र बाँकी ४९ प्रतिशत भारतीय लगानीकर्ताको सेयर संरचना भएको जानकारी भट्टराईले दिए।

भारतीय लगानीकर्ता कुवेर ग्रुपको हाउजिङ, सूर्ति, टोबाको, प्लास्टिकलगायत क्षेत्रमा लगानी छ। यो भारतमा स्थापित व्यापारिक समूह हो।

साढे चार वर्ष अगाडि सेवा सुरु गरेको यस वायुसेवासँग दुई वटा ५० सिट क्षमताको सीआरजे २०० नामको जहाज छ। यस जहाजले विराटनगर, भैरहवा र भद्रपुर उडान गर्नेछ। निकट भविष्यमा नेपालगन्जमा पनि उडान विस्तार गर्ने योजना सौर्यको छ। यो वायुसेवा कम्पनीले ६ महिनाभित्र एटीआर ७२–५०० नामक ७२ सिट क्षमताको जहाज ल्याउने र उडान क्षमता बढाउने जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.