बिमा कम्पनीलालाई पुँजी पुर्‍याउन विकल्प : एफपीओदेखि बोनस सेयरसम्म

बिमा कम्पनीलालाई पुँजी पुर्‍याउन विकल्प : एफपीओदेखि बोनस सेयरसम्म

काठमाडौं : बिमा समितिले चुक्तापुँजी नपुर्‍याउने कम्पनीका लागि फरक–फरक व्यवस्था गर्ने भएको छ। चुक्तापुँजी नपुर्‍याएका कम्पनीलाई गत आर्थिक वर्षको खुद नाफाबाट बोनस सेयर बाँडेर, अक्सनबाट आएको सेयरको पैसालाई चुक्तापुँजीमा तानेर अथवा थप निस्कासन (एफपीओ) जारी गरेरै भए पनि पुर्‍याउन निर्देशन दिने तयारी रहेको बिमा समितिले जानकारी दिएको छ।

चुक्तापुँजी नपुर्‍याएका कम्पनीको अवस्थाअनुसार प्रक्रिया अघि बढाउन छलफल भइरहेको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। ‘जुन कम्पनीको गत आर्थिक वर्षको खुद नाफाबाट बोनस सेयर बाँडेर चुक्तापुँजी पुग्छ त्यसले लाभांश बाँड्दा पुग्यो। जसको लाभांश बाँड्दा पनि पुग्दैन ती कम्पनीलाई भने अक्सनबाट आएको कम्पनीको सेयरबापतको पैसालाई चुक्तापुँजीमा तानेर अथवा एफपीओ जारी गरेर भए पनि पुर्‍याउन निर्देशन दिनेइछ।’

समितिले जीवनलाई दुई अर्ब र निर्जीवनलाई एक अर्ब चुक्तापुँजी गत असर मसान्तसम्म पुर्‍याइसक्न निर्देशन दिएको थियो। निर्धारित समयमा पुँजी पुर्‍याउन नसकेपछि समितिले म्याद थप गरी पुस मसान्तसम्मका लागि समयसीमा दिएको थियो। समितिले दिएको अवधिमा पनि २० कम्पनीको चुक्तापुँजी पुगेको छैन।

समितिले अब समय नथप्ने निर्णय गरिसकेको छ। समय नथप्ने भएकाले चुक्तापुँजी नपुर्‍याउने २० कम्पनीलाई तत्कालका लागि समितिले लाभांश बाँडेर चुक्तापुँजी बढाउन आदेश दिएको हो। त्यसो गर्दा पनि नपुगेको अवस्थामा अन्य प्रक्रिया अपनाउन छलफल भइरहेको पौडेलले बताए।

‘चुक्तापुँजी पुर्‍याउन अहिले सम्पूर्ण कम्पनी प्रक्रियामा छन्’, पौडेलले भने, ‘समितिले यस वर्षदेखि बिमा कम्पनीको वित्तीय विवरण एनएफआरएस प्रणालीमार्फत बनाउनुपर्ने व्यवस्था गरेको छ।’ यो व्यवस्थाअनुसार कम्पनीहरूले अनिवार्य रूपमा बिमांक मूल्यांकन गर्नुपर्नेछ।

तर, यो सुविधा नेपालमा नभएकाले भारतबाट यस्तो मूल्यांकन गराउँदै आएका छन्। यसले गर्दा कम्पनीहरूले साधारणसभा समेत गर्न नसकेको अवस्था छ। कम्पनीहरूले आव २०७४/७५ को वार्षिक वित्तीय विवरण बनाएर वार्षिक साधारणसभा गर्न सकेका छैनन्।

समितिले जीवनलाई दुई अर्ब र निर्जीवनलाई एक अर्ब चुक्तापुँजी गत असर मसान्तसम्म पुर्‍याइसक्न निर्देशन दिएको थियो।

जीवन बिमा बजारमा १९ कम्पनी सञ्चालनमा छन्। त्यसमध्ये चुक्तापुँजी पु‍र्‍याउन नसक्ने कम्पनीको संख्या सात छ। १० कम्पनी भने चुक्तापुँजी पु‍र्‍याएरै सञ्चालनमा आएका थिए।

समितिले तोकेको समयमा थप दुई कम्पनीले चुक्तापुँजी पुर्‍याएका छन्। चुक्तापुँजी पु‍र्‍याउने थप दुई कम्पनीमा नेपाल लाइफ र नेसनल लाइफ छन्। वित्तीयय विवरणअनुसार नेपाल लाइफको चार अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ पुँजी छ। नेसनल लाइफले दुई अर्ब ६४ करोड ९७ लाख २७ हजार रुपैयाँ पुँजी पुर्‍याएको छ। यी दुवैले गत वर्षभन्दा क्रमसः ४२ प्रतिशत र ६० प्रशितले पुँजी बढाएका छन्।

नेपाल लाइफको चार अर्ब ३९ करोड ६९ लाख र नेसनल लाइफको दुई अर्ब ६४ करोड ९७ लाख बराबर चुक्तापुँजी छ। एसियन लाइफ, प्राइम लाइफ र सूर्या लाइफले गत वर्षको तुलनामा पुँजी वृद्धि गरेको भए पनि उनीहरूको चुक्ता पुँजी बिमा समितिले तोकेअनुसार छैन। यी दुई कम्पनीले गत वर्षको तुलानमा पुँजी वृद्धि भने गरेका छन्। गुराँस लाइफ र लाइफ इन्सुरेन्सको पुँजी वृद्धि भएको छैन।

निर्जीवन बिमा बजारमा २० कम्पनी सञ्चालनमा छन्। त्यसमध्ये अजोड इन्सुरेन्स, सानिमा इन्सुरेन्स र जनरल इन्स्योरेन्स चुक्तापुँजी पुर्‍याएर सञ्चालनमा आएका हुन्। पुस मसान्तसम्म चार कम्पनीले मात्र तोकिएको चुक्तापुँजी पु‍र्‍याएको देखिन्छ। त्यसमा हिमालयन जनरल, प्रभु इन्सुरेन्स, नेको इन्सुरेन्स र शिखर इन्सुरेन्स कम्पनी छन्।

हिमालयन जनरलको चुक्तापुँजी एक अर्ब दुई करोड ७२ लाख र प्रभु इन्सुरेन्सको एक अर्ब ५० लाख बराबरको छ। यस्तै, नेको इन्सुरेन्सको सबैभन्दा बढी एक अर्ब १७ करोड ६२ लाख बराबरको चुक्तापुँजी छ। शिखर इन्सुरेन्सको चुक्तापुँजी एक अर्ब पाँच करोड ७३ लाख छ। अझै पनि १३ कम्पनीले चुक्तापुँजी पुर्‍याउन सकेका छैनन्।

नेसनल र दि ओरियन्टल इन्सुरेन्सका विषयमा भने निर्णय भएको छैन्। यी दुई कम्पनीको भारतस्थित केन्द्रीय कार्यालय मर्ज हुने तयारीमा रहेकाले निर्णय हुन नसकेको समितिले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.