बन्दले रुकुमको जनजीवन प्रभावित
मुसीकोट : राज्यले विभिन्न आरोपमा आफ्ना नेता-कार्यकर्तामाथि धरपकट गरेकोलगाएत अन्य विभिन्न माग राखेर नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह)ले आह्वान गरिएको नेपाल बन्दको कारण बिहीबार बिहानैदेखि रुकुम पश्चिम र पूर्वका मुख्य बजार क्षेत्र तथा यातायात, कलकारखानाका साथै औद्योगिक क्षेत्रमा समेत प्रभाव परेको छ।
रुकुम पश्चिमको मुसीकोट र रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा रहेका मुख्य बजार बन्द रहेका छन् भने यहाँबाट छुट्ने कुनै पनि छोटो र लामो दूरीका यातायातका साधनहरु पनि चलेका छैनन्।
प्रतिक्रिया दिनुहोस !
४