राष्ट्रपतिले उद्घाटन गरिन् मन्दिरको लिफ्ट

राष्ट्रपतिले उद्घाटन गरिन् मन्दिरको लिफ्ट

पोखरा : राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको बिहीबार एक समारोह बीच उद्घाटन गरेकी छन् । 

मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं असक्त सर्वसाधारणको सहजताका लागि उक्त लिफ्ट निर्माण गरिएको हो । हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी ग्रुप नेपालको सहकार्यमा एक करोडको लागतमा सो लिफ्ट निर्माण गरिएको हो । 

एकपटकमा १२ जनासम्म चढ्ने ६० फिट अग्लो लिफ्टको भारवाहन क्षमता ६८० किलोग्राम रहेको छ । यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरस्थित विन्ध्यवासिनी माता, गणेश र आराध्यदेव महादेवको दर्शन गरी पूजाआर्चना पनि गरेकी छन् । रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.