पुलवामा आक्रमणलाई मोदीले राजनीतिकरण गरे : राहुल गान्धी
कङ्ग्रा, भारत : भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पुलवामामा भएको आतङ्कवादी आक्रमणलाई प्रधानमन्त्री नरेन्द्र मोदीले अति राजनीतिकरण गरेको आरोप लगाएका छन् ।
'हामीले त्यसलाई कुनै राजनीतिकरण गरेका छैनौँ, घटना लगत्तै हामीले पत्रकार सम्मेलन नै गरेर यस विषयमा सुरक्षा निकाय र सरकारलाई सहयोग गर्ने बताएका थियौँ', उनले भने, 'तर दुर्भाग्य सरकारले भने त्यस विषयलाई राजनीतिकरण गर्यो ।'
उनले प्रतिपक्षी दल कांग्रेस र अन्य दलहरुले सरकारप्रति देखाएको एक्वबद्धतालाई सरकारले दुरुपयोग गरेको टिप्पणी पनि गरेका छन् ।
आगामी आम निर्वाचनलाई लक्षित गरेर आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले देशका लागि जीवन अर्पण गरेका आफ्नो पार्टीका नेताहरु देशका लागि सहिद बन्न पनि तयार रहेको बताए । रासस/एएनआई