विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

विद्यार्थीलाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

रुकुम पश्चिम : आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले एक शिक्षकलाई पक्राउ गरेको छ । सानीभेरी गाउँपालिकास्थित राप्ती ज्ञानोदय माविमा कार्यरत शिक्षक २३ वर्षीय प्रकाश खड्कालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उक्त विद्यालयमा पशु प्राविधिक विषय अध्ययन गर्दै गरेकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए । पशु प्राविधिक विषय पढाउँदै आएका खड्काले बालिकालाई बलात्कार गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत मंगलबार गाउँमा भैंसी बिरामी भएको र त्यसको उपचार गर्न भन्दै बालिकालाई मोटरसाइकलमा राखेर गएका शिक्षक खडकाले एकान्त जंगलमा जबरजस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरी जनाएको छ । पक्राउ परेका शिक्षकलाई प्रहरी हिरासतमा राखेर घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक क्षेत्रीले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.