यामाहा एक्सटीजी १२५ अब नेपालमा

यामाहा एक्सटीजी १२५ अब नेपालमा

काठमाडौं : नेपालका लागि यामाहा मोटर साइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतिक्षित अफरोड मोटरसाइकल यामाहा एक्सटीजी १२५ नेपालमा सार्वजनिक गरेको छ। ‘मेक योर ओन रोड’ अर्थात् ‘आफ्नो बाटो आफैं बनाउनुस्’ नारासहित सार्वजनिक गरिएको एक्सटीजी १२५ पहिलोपटक नाडा अटो सोको पछिल्लो संस्करणमा प्रदर्शन गरिएको थियो। नयाँ मोटरसाइकलको मूल्य तीन लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ।

‘नेपालमा अफरोड सेग्मेन्टको उल्लेखनीय विस्तार भइरहेको छ। हामी यामाहा लाइन अपमा अफरोड मोटरसाइकललाई पनि ल्याउन चाहन्थ्यौं। हामीलाई विश्वास छ यामाहा एक्सटीजी १२५ सबैभन्दा उत्तम विकल्प हो’, एमएडब्लू इन्टरप्राइजेज यामाहा डिभिजनका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी शाहले भने, ‘हामीलाई आशा छ नयाँ मोटरसाइकलले नेपाली बजारमा यामाहाको अफरोड मोटरसाइकलको मागलाई सम्बोधन गर्नेछ।’

यामाहा एक्सटीजी १२५ मा १२४ सीसीको एअर कुल्ड, फोर स्ट्रोक, सिंगल सिलिन्डर (एसओएचसी) इन्जिन छ जसले ७५०० आरपीएमा अधिकतम १०.२ पीएस पावर र ५५०० आरपीएममा अधिकतम ९.९ एनएम टर्क उत्पन्न गर्छ। यो कार्बोनेटेड मोटरसाइकलमा ५ स्पिड गियर बक्स र एयर कुलिङ सिस्टम र इलेक्ट्रिक तथा किक स्टार्ट उपलब्ध छ। एक्सटीजी १२५ मा १०.६ लिटरको फ्युल ट्यांक छ जसले लामो अफरोड यात्रामा निस्कन सहज बनाउँछ। नयाँ एक्सटीजी ब्लू, ब्ल्याक र ह्वाइट गरी तीन आकर्षक कलरमा उपलब्ध हुनेछ।

एक सय १८ केजी वजन भएको एक्सटीजी १२५ को ग्राउन्ड क्लियरेन्स २६० एमएम छ जसले अफरोडमा पनि यात्रालाई अझ रोमाञ्चक बनाइदिन्छ। त्यसैगरी, सिट हाइट ८४० एमएम छ। यसको अगाडि टेलिस्कोपिक र पछाडि मानोक्रस सस्पेन्सन छ। अगाडिको ह्विल २१ र पछाडिको १८ इन्चको छ। दुवै ह्विलमा स्पोक एरेन्जमेन्ट छ जसले अफरोड यात्रालाई आरामदायी बनाइदिन्छ।

एक्सटीजी १२५ मा सेमी–रग्ड टायर, हेलोजिन हेडल्याम्प, फ्रन्ट डिस्क ब्रेक र स्पोर्टी ग्राफिक्ससहित प्लास्टिक प्यानेल छन्। साथै, यसमा अन्डरसाइड कभर छ जसले इन्जिनलाई बाह्य क्षति हुनबाट बचाउँछ। राइडरको सहजताका लागि यसमा स्पिडोमिटर र ट्रिप मिटरसहित इन्स्ट्रुमेन्ट प्यानल, चौडा र बाक्लो कुसन सिट र पछाडि कार्गो बक्स वा अन्य सामान बोक्न मिल्ने गरी बलियो क्यारियर पनि जडान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.