हाम्रो आन्दोलन समुदायको होइन, अधिकारको हो : सिके राउत

हाम्रो आन्दोलन समुदायको होइन, अधिकारको हो : सिके राउत

काठमाडौं : स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतले आफूले गरेको आन्दोलन कुनै एक समुदायको लागि नभएकर जनताको अधिकारको लागि भएको बताएका छन्।

राजधनीमा शुक्रबार आयोजित राजनीतिकि सहमति कार्यक्रममा बोल्दै राउतले भने,'हामीले गरेको आन्दोलन समुदायको लागि हैन अधिकारको आन्दोलन हो, अधिकर तराईका जनतालाई मात्र नभएर सबैतिरका जनतालाई चाहिन्छ।'

आफूहरुले तराईका जनताका लागि मात्र काम नगरेको बताउँदै उनले भने, 'हामीले तराईका जनताका लागि मात्र हैन पहाडका जनताका लागि पनि समस्या पर्दा सहयोग गरेका थियौं। देश भूकम्पको दु:खद घडीबाट गुज्रिरहेको समयमा उनीहरुलाई सहयोग गर्न सिन्धुपाल्चोक लगायतका स्थानमा गएर हामीले सक्दो प्रयास गरेका थियौँ।'

मिडियाले नै तराईका जनताले पहाडका जनतामाथि गरेको सहयोगलाई बाहिर नल्याएको भन्दै मिडियाले तराईका जनतामाथि गरेको भेदभावलाई उनलाई व्यंग गरे।

जनमत संग्रहबाट नै निर्णय गरिने भन्ने सहमती भएको बताउँदै उनले भने, 'हिंसात्म आन्दोलन गरेर समय खेर फाल्ने समय अबको जनतासँग छैन।जनताले आफ्नो अधिकार प्रयोग गरेर नै देश विकास गर्छन्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.