सन्की युवाले हाने दर्जनौँ गाउँलेमाथि चिर्पट, तीनको अवस्था गम्भीर
बेसींसहर : लमजुङको मर्स्याङ्दी गाउँपालिका-९ पामचोकमा एक सन्की युवाले चिर्पट प्रहार गर्दा दर्जनौँ घाइते भएका छन् ।
मर्स्याङ्दीकै सेग्लेका रामबहादुर विश्वकर्माले गाउँमा भेटेजतिलाई खुर्पा र धारिलो हतियार प्रहर गर्दै हिँडेका हुन् । विकले चिर्पट हान्दा गाउँका ७ जना भन्दा धेरै घाइते भएको स्थानीय नन्दबहादुर भण्डारीले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा बेसीसहर ल्याइएको छ।
विकले चिर्पट हान्दा स्थानीय गोपाल भण्डारी, उनकी पत्नी लक्ष्मी, बुद्धिबहादुर थापा, शिला खड्का, रेखु भण्डारी लगायत घाइते भएको स्थानीयले जानकारी दिएका छन् ।
घटनामा गम्भीर घाइते भएकाहरु गाेपाल भण्डारी, उनकी पत्नी लक्ष्मी भण्डारी र बुद्विबहादुर थापालाई उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । अन्यकाे लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
चिर्पट हान्ने युवालाई स्थानीयबासी, प्रहरी र गाउँपालिकाका पदाधिकारी मिलेर वडा नं. ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइएको खुदी प्रहरी चौकीका सई अर्जुन केसीले जानकारी दिए ।