सडकमा सामान बेच्दै बितेको नारी दिवस (फोटो फिचर)

सडकमा सामान बेच्दै बितेको नारी दिवस (फोटो फिचर)

काठमाडौँ : आज मार्च ८ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि महिला दिवस विभिन्‍न स्थानमा कार्यक्रमहरु गरी मनाइँदै छ । महिला दिवसको दिन महिलाका अधिकार, महिलाले भोग्नुपरेको समस्या, महिला समानता आदिका विषयमा जोडतोडका साथ चर्चा गरिन्छ । महिला सशक्तीकरणका विषयमा भएका कार्यहरुको सकारात्मक प्रभावले विगतमा भन्दा अहिले महिलाको शैक्षिक, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा क्रमश: सुधार भइरहेको छ। 

शैक्षिक, आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा केही माथि उक्लिएका महिलाहरुको लागि महिला दिवस ठूलै उत्सव बनेको भए पनि सडकमा व्यापार गर्दै आफ्नो दिनचर्या बिताउने चन्द्रकला सुनारलाई यो दिनको खासै वास्ता छैन । उनी मेहेनतमा विश्‍वास गर्छिन् । 

चार वर्षदेखि पाटन बसेर व्यापार गर्दै आएकी सुनारलाई महिला दिवस मनाउनुभएन दिदी ? भन्ने प्रश्‍न गर्दा उनले सहजै जवाफ दिइन्, 'म व्यापार गरेर नै मनाउँछु ।' 

श्रीमान् दुबई गएका उनी चार वर्षदेखि यसैगरी सडकछेउमा बसेर व्यापार गर्दै आएकी छिन् । खुर्सानी, स्ट्रोबेरी, अमला तथा कहिलेकाहीँ मौसमी सब्जी बेच्ने उनले आफू र दुई छोराछोरीको खर्च यही काम गरेर जुटाउँछिन् ।

आफूले काम गर्नुपरेकोमा कुनै दु:ख नभएको उनले बताइन्। 'मलाई काम गर्नुपर्दा दु:ख लाग्दैन । श्रीमानको कमाइ नचलाइ आफ्नै कमाइले छोराछोरी पढाएर खर्च जुटउँदा आत्मसम्मा बढेको अनुभव हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.