डोरम्याट

डोरम्याट

सानासाना कुरा

घरगृहस्थी चलाउन चाहिँदा रहेछनजस्तो कि तुच्छ मानिएको आइसक्रिमको खाली डब्बा

वा खाली, पेन्टको टिनको बाल्टी

शौचालयको शोभा

यिनैले बढाउने रहेछन्

जस्तो कि,

‘हरेक माल रु. १०’मा किनिएको सानो डाली

जसमा अटाई नअटाई बस्छन्

सम्पूर्ण परिवारका ब्रसहरू

र बस्छ टुथपेस्टको प्रायः रित्तिरहने ट्युब

जस्तो कि

पानीको हाहाकार परिरहने सहरमा

बाल्टिनभित्र मात्र राखिराख्न उपयुक्त

खिनौरो प्लास्टिकको जग

जसले पानीको किफायतको फाइदा

र जलस्रोतको धनी देश हुनुको काइदा

दुवै, एकै पटक बताउने सामर्थ्य

राख्ने रहेछ

जस्तो कि,

भान्साका खिच्रिङमिच्रिङका लागि

बट्टाका कुरूप संग्रह पनि

मनलाई ढाडस दिने हुँदा रहेछनसानासाना कुरा पनि

घरगृहस्थी चलाउन चाहिँदा रहेछन्

जस्तो कि

देख्दा सिकसिको लाग्ने

सधैँ चिसो रहिरहने भान्सा पुछ्ने टालो

योबिना नहुने रहेछ

सुक्सुकाउँदो भान्सा !

जस्तो कि,

हजारांै शंखचक्रका फोहोर बोकेर

मुस्कुराइरहने डोरम्याट

सधैं ढोकाबाहिरै रहेर पनि

कोठाको सुग्घरता चाहने यसको इमान

जानेँ,

बाबुको व्यवहार, आफ्ना थाप्लामा बज्रेपछि

चेतेको छोरो हुँ म !

कति असल हुन्थ्यो

दुई करोड छत्तीस लाख बयानब्बे हजार सात सय सतहत्तर

विविध रूपरङका डोरम्याटको महत्व बुझिदिए

कोठाभित्रका छ सय एकले !

हामी डोरम्याट

उनीहरूभित्रका उनीहरू हुन नसकेका

उनीहरूका इमान हौं

साँच्चै, साँच्चै यी कुरा नभुले हुन्थ्यो

राजमार्ग छेउका                     

सप्पैसप्पै थोक पाइने

होटल हुनबाट बच्थ्यो घर

घर, घर हुन्थ्यो !!


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.