बेनीमा देउवा र पौडेलले गरे पार्टी कार्यालय उद्घाटन
बेनी : नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बेनीमा निर्माण भएको पार्टी कार्यालय भवनको शनिबार संयुक्त रुपमा उद्घाटन गरेका छन्।
उद्घाटनपछि सभापति देउवा र नेता पौडेलका साथै प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेस म्याग्दीले बेनीमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसले दुई वर्षअघि बेनीको संगमचोकमा पार्टी कार्यालयका लागि विपी स्मृति भवन निर्माण गरेको थियो ।
५१ लाख ३७ हजार ७५० रुपैयाँमा खरिद गरिएको जग्गामा २९ लाख ५९ हजार ४२५ रुपैयाँको लागतमा दुई तले भवन निर्माण भएको नेपाली कांग्रेस म्याग्दीका कोषाध्यक्ष टंक हमालले जानकारी दिए ।
पार्टी कार्यालय उद्घाटन र आमसभा सुरु हुनुअघि बेनीमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै विरोध प्रर्दशन गरेका थिए ।