हिलेमा आधुनिक गोदाम घर

हिलेमा आधुनिक गोदाम घर

धनकुटा : पर्यटकीय तथा व्यापारिक केन्द्र हिलेमा फलफूल र कृषि उपज भण्डारणका लागि बहुउद्देश्यीय वयर हाउस (आधुनिक गोदाम घर) सञ्चालन गरिने भएको छ। उद्योग वाणिज्य संघ धनकुटा र नेपाल अलैंची व्यवसायी महासंघ धनकुटामार्फत स्थानीय किसान र व्यवसायीको पहलमा उत्तरपानी चिया कम्पनीको १५ रोपनी जग्गा भाडामा लिएर बहुउदेश्यीय वयर हाउस सञ्चालनमा आउन लागेको हो।

वयर हाउस सञ्चालन गर्न ३० वर्षका लागि जग्गा भाडामा लिइएको छ। पाँचवटा स्वचालित चेम्बरजडित बहुउदेश्यीय वयर हाउसमा दुई लाख किलोसम्म फलफूल तथा कृषिउपज सामग्री भण्डारण गर्न सकिने महासंघ धनकुटाका अध्यक्ष इन्द्रबहादुर तितुङले बताए। हाउसको भौतिक संरचना निर्माणको काम सम्पन्न भइसकेको हुँदा अब चाँडै सञ्चालनमा आउने उनले बताए। सञ्चालन गर्न छुट्टै कम्पनी दर्ताको प्रक्रियामा रहेको उनको भनाइ छ। कम्पनी दर्ता भइसके पश्चात कार्यविधि बनाएर वयर हाउस सञ्चालन हुने सञ्चालक समितिका सदस्य गौरव कार्कीले बताए।

उनका अुनसार, वयर हाउसमा सुख्खा वातावरणमा राख्नु पर्ने अलैंचीदेखि एकैपटक दुई लाख किलोसम्म सुन्तला, गोलभेडा, एभोकाडो, आलु, अदुवा र अन्य फलफूल नबिग्रने गरी भण्डारण गर्न मिल्नेछ। सिजनको बेला कृषिजन्य उपजलाई भण्डारण गरी बेमौसमी सिजनमा बजारमा निकालेर बिक्री गर्न सके किसानले राम्रो मूल्य पाउन सक्ने बताइएको छ। भण्डारणभित्र शूल्य डिग्रीदेखि ५० डिग्रीसम्मको तापक्रम मिलाउन सकिनेछ। बहुउद्देश्यीय हाउस निर्माणमा अलैंची व्यवसायी संघ, उद्योग वाणिज्य संघ र उन्नती परियोजनाले करिब ३ करोड १४ लाख रुपैयाँ खर्चेको छ।

आधुनिक गोदाम घर अभावकै कारण फलफूल र कृषिउपज कुहिएर नास भएर जाने अवस्थाको अन्त्य हुने कार्कीले दाबी गरे। उनका अनुसार, पहुँच मार्ग, कार्यालय भवन र केही अन्य पूर्वाधारको काम सकिएको छैन। तर अबको केही समयभित्र ती सबै काम सम्पन्न भइसक्ने कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.