गान्धी बुझाउने फोटो प्रदर्शनी

गान्धी बुझाउने फोटो प्रदर्शनी

काठमाडौं : प्रदर्शनीको सुरुमै गान्धीका मातापिता करमचन्द गान्धी र पुतलीबाई गान्धीको फोटो। त्यसपछि लन्डनमा विद्यार्थी हुँदाताकाको गान्धीको आकर्षक ठिटौले फोटो। यो दृश्य महात्मा गान्धीको जीवनीसँग सम्बन्धित महत्त्वपूर्ण घटना बुझाउने सप्ताहव्यापी फोटो प्रदर्शनीको हो।

काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ५० वटा फोटो राखेर बिहीबारबाट सुरु गरिएको प्रदर्शनी स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास र संस्कृति मन्त्रालय, नयाँ दिल्लीले संयुक्त रूपमा आयोजना गरेका हुन्। गान्धी दक्षिण अफ्रिकामा सत्याग्रहीका रूपमा रहँदा होस् वा कैदी बन्दीका रूपमा हुँदाका फोटा, प्रदर्शनीका मुख्य आकर्षण हुन्।

बेलायती सरकारद्वारा भारतीयमाथि लगाइएको नुन करको विरोेधमा सन् १९३० मा दांडी मार्च र सन् १९४२ मा भारत छोड आन्दोलन चलाएको घटना बुझाउने फोटोमा दर्शक टक्क अडिन्छन्। त्यस्तै साबरमती आ श्रममा रहँदा गान्धीले चर्खामा धागो कातेको र परम्परागत धोती र गम्छामा देशविदेशमा सहभागी भएका फोटा उत्तिकै हेर्नलायक छन्।

पूर्वराष्ट्रपति रामवरण यादवले महात्मा गान्धीको जीवनले केवल भारतमा मात्र नभएर सारा दक्षिण एसियामा गहिरो प्रभाव परेको बताए। एसियामा लोकतान्त्रिक अभ्यासका लागि गान्धीको जीवनले अपूर्व योगदान दिएको बताउँदै उनले भने, ‘म पनि भारतमा गएर अध्ययन गरेकाले र गान्धीको जीवन दर्शनबाट प्रभावित भएकाले नै नेपाली राजनीतिमा उपयोगी हुन सकेको हुँ।’

मानिसको वैयक्तिक स्वतन्त्रता प्राप्तिका लागि गान्धीले अँँगालेको अहिंसात्मक बाटो नै सर्व श्रेष्ठ माध्यम भएको बताउँदै पूर्वसभामुख दमननाथ ढुंगानाले भने, ‘स्वतन्त्रताकै लागि विश्वभर धेरै ठूला आन्दोलन, हिंसा, लडाइँ भएका छन्। तर भारतीय स्वतन्त्रता आन्दोलनको अन्तिमसम्म गान्धीले अहिंसाको पक्षमा गरेको वकालत विश्वभर चर्चामा छ। हिंसा मानवसम्मत छैन भन्ने पाठ सिकाएको छ।’

सुविधासम्पन्न परिवारमा जन्मिएका गान्धीले देशका गरिब, पीडित र उपेक्षित जनताप्रति गरेको सन्देश युवामाझ पुर्याउन प्रदर्शनी आयोजना गरिएको भारतीय सांस्कृतिक केन्द्रका प्रमुख प्रा. केदारनाथ शर्माले बताए। गान्धीको जीवन दर्शन हिजोभन्दा आज सान्दर्भिक रहेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.