सीके राउतसँग भएको सहमति संविधान विपरीत : रावल

सीके राउतसँग भएको सहमति संविधान विपरीत : रावल

काठमाडौं : सरकार र सिके राउतबीच भएको सम्झौता नेपालको संविधान विपरीत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावल बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्नै नेता रावलले दुबैपक्षबीच एको सम्झौता सच्च्याउनु पर्ने सुझाब सरकारलाई दिएका हुन्।

'राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना गर्नुपर्छ, यसअघि उनले बोलेका शब्द फिर्ता लिएका छैनन्, फिर्ता लिनुपर्छ, राउतले शान्तिपूर्ण सहमतिमा जान तयार छु भनी पूरक वक्तव्य दिनुपर्छ, सच्याएर अर्को वक्तव्य जारी होस्', उनले भने।

संविधानको धारा ५६ को उपधारा ५ मा स्वायत्तताका कुरा उल्लेख भए पनि स्वशासनको कुरा सहमति गर्दैमा पूरा हुन नसक्ने सांसद रावलले बताए। देशको सर्वोपरि हित र स्वाभिमाननका लागि मेल नखाने सहमतिलाई सच्याउन रावलले माग गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.