१४९ यात्रु बोकेको इथियोपियन एअरलाइन्सको बोइङ दुर्घटनामा
काठमाडौं : इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। केन्यातर्फ उडेको उक्त विमानमा १४९ जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इथियोपियाको राजधानी आदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको उक्त विमान उडेको केही मिनेटमा नै दुर्घटनामा परेको एपीले जनाएको छ।
इथियोपियन एअरलाइन्सले विज्ञप्ति जारी गरी खोजी तथा उद्दारकार्य जारी रहेको जनाएको छ।
इथियोपियाका प्रधानमन्त्री एबी अहमदले ट्विटरमार्फत घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई समवेदना भनेका छन्। तर घटनामा के कति हताहती भयो र कोही जिवित छन् वा छैनन् भन्ने खुलेको छैन।
इथियोपियन सरकारको स्वामित्वमा रहेको उक्त एअरलाइन्स अफ्रिकाकै सबैभन्दा ठूलो हवाई सेवा मानिन्छ।