अनुदान ठेकेदारले मात्रै लिए, किसानले पाएनन् : सहकारी मन्त्री अर्याल

अनुदान ठेकेदारले मात्रै लिए, किसानले पाएनन् : सहकारी मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राज्य संयन्त्रबाट दिइने अनुदान दुरुपयोग भएको बताएकी छिन्।

राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको महिला सशक्तिकरण गोष्ठीका अवसरमा बोल्दै मन्त्री अर्यालले अनुदानका कार्यक्रमबाट आफू सन्तुष्ट नभएको बताइन्। अर्यालले भनिन्, ‘अहिले त अनुदान ठेकेदार, जानेका,बुझेकाले मात्र लैजान्छ।’

वास्तविक किसानले अनुदान नपाएको भन्दै मन्त्री अर्यालले बास्तविक व्यक्तिले राहत पाउने गरी अनुदान दिन लागिएको उनको भनाइ थियो।

सहकारीको अनुदान पनि दुरुपयोग भएको भन्दै उपलब्धि हुनेगरी अनुदान वितरण गरिने उनको भनाइ थियो। सहकारीमार्फत महिला आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिइन्।

महिला आर्थिक रुपमा सवल भएमात्रै स्वतन्त्र र सशक्त हुने बताइन्। ‘आफैमात्र बन्नका लागि सहकारी रोज्नुपर्दैन,  अरु धन्दा छन्', उनले भनिन्, 'सबैलाई सँगसँगै लैजाने सामुहिक व्यवसाय सहकारी भएकाले त्यसअनुरुप नै सञ्चालन गर्न सहकारीकर्मीलाई सुझाइन्।

व्यक्तिले बचत गर्दा धनी हुने भए पनि संस्था र राज्यले जति खर्च गर्‍यो त्यति धनी हुने भन्दै सहकारी उत्पादनमूलकमा जान जोड दिइन्। ‘सबैजग्गा एकीकरण गरेर सामूहिक खेती गर्न सहकारीले भूमिका खेल्नुपर्छ। सहुलियत, औजार र अनुदान दिने काम राज्यले गर्छ’, उनले भनिन्।

काममा निरन्तर क्रियाशीलताले क्षमताको विकास हुने भन्दै मन्त्री अर्यालले त्यसमा जिम्मेवारीले थप क्षमता र परिपक्वताको विकास गर्ने बताइन्। सहकारी संस्थाको साधारणसभामा आएर हाजिर गर्ने मात्रै नभएर सहकारीमा लागेका महिलाहरूले नेतृत्वमा बराबरी दाबी गर्नुपर्ने जोड दिइन्।

‘पित्रृसत्ताले गर्दा महिला कमजोर र पुरूष बलियो हुने दिन आएपनि अब त्यस्तो नहुने उनको भनाइ थियो। राजनीतिक आन्दोलन सकिएको भन्दै महिला आर्थिक ससक्तिकरणमा जुट्नुपर्ने बताइन् ।

ब्यवसाय, उद्यम, बैंक, कर्मचारी, कुटनीतिक नियोग लगायतका हरेक क्षेत्रमा महिलाले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले महासंघले वार्षिक कार्यतालिका बनाएर नै महिला सशक्तिकरणका लागि तालिम र गोष्ठी गर्दै आएको बताए।

अन्तराष्ट्रिय सहकारी महासंघका ग्लोबल सदस्य एव् महासंघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारीले महिला सशक्तिकरण ल्याएको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.