कालिकोटमा विप्लवका नेता खोज्दै प्रहरी

कालिकोटमा विप्लवका नेता खोज्दै प्रहरी

कालिकोटः प्रहरीले गाउँगाउँमा सभा गर्दै हिँड्ने नेकपा विप्लव समूहका नेता खोज्दै गाउँ सर्च अभियान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरी विप्लवका नेता कार्यकर्ता खोज्न सुरु गरिएको हो। 

गृहमन्त्रालयद्वारा नेकपाका गतिविधि रोक्ने र नेता कार्यकर्तालाई नियन्त्रणमा लिनू भन्ने निर्देशनका आधारमा प्रहरीले विप्लवका नेताको खोजी अभियान सुरु गरेको हो। साथै उनीहरुलाई संविधान विरोधी गतिविधि गर्न नदिने प्रहरीले अभियान चालेको छ। 

पचालझरना गाउँपालिकाको जारकोटमा शनिबार आयोजना गरेको नेकपा निकट अखिल नेपाल क्रान्तिकारी किसान महासंघ कालिकोटको प्रथम जिल्ला सम्मेलन प्रहरीको अवरोधका कारण अर्कै ठाउँमा भएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लको नेतृत्वमा हात हतियारसहित गएको प्रहरी टोलीले जारकोटमा कब्जा जमाएपछि सम्मेलन पचालझरना गाउँपालिकाकै-८ स्थित कर्णाली आधारभुत विद्यालयमा गोप्य रुपमा भएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले गृहमन्त्रालयको निर्देशन अनुसार जिल्लामा नेकपाका कार्यक्रम बिथोल्ने र नेताहरु पक्राउ गर्न गाउँमा गस्ती सुरु गरिएको बताए। उनले भने, 'सबै प्रहरी युनिटलाई निर्देशन दिइसकेका छौं, उनीहरु फेला पर्नासाथ पक्राउ गरिनेछ।'
 
यता नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह कालिकोटका जिल्ला सेक्रेटरी मनिलाल ऐडी (रणदीप)ले शनिबार जारकोटमा आयोजना गरिएको सम्मेलन गर्न नदिएर प्रहरीले निहु खोजेको बताए। जारकोटको कार्यक्रम विथोल्न पचालझरनाका केही जनप्रतिनिधिको आग्रहमा शुक्रबार नै प्रहरी हतियारसहित जारकोटमा खटिएको बताए। उनले भने, 'हाम्रा कार्यक्रम विथोल्न जनप्रतिनिधिसमेत लागेका छन्, अब हाम्रो निशानामा भ्रष्ट जनप्रतिनिधि हुन्।उनीहरुलाई कारबाही गर्दा प्रहरीको अवरोध हुन्छ भने, 'प्रहरी विरुद्ध पनि हामी जनता परिचालन गर्छौं।' उनले आगामी दिनमा जनप्रतिनिधि र प्रहरीलाई गाउँ छिर्न निषेध गरिएको चेतावनी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.