इथियोपियन एअरलाइन्स भन्छ : विमान दुर्घटनामा एक नेपाली पनि परे

इथियोपियन एअरलाइन्स भन्छ : विमान दुर्घटनामा एक नेपाली पनि परे

काठमाडौं : आइतबार दुर्घटनामा परेको इथियोपियन एअरलाइन्स दुर्घटनामा एक नेपाली पनि परेको इथियोपियन एअरलाइन्सले जनाएको छ। विमान दुर्घटनाबारे ट्‍विट गर्दै एअरलाइन्सले दुर्घटनामा ३२ देशका नागरिकले ज्यान गुमाएका उल्लेख गरेको छ।

एअरलाइन्सको ट्‍विटमा एक नेपाली नागरिकले उक्त दुर्घटनामा ज्यान गुमाएको उल्लेख छ। केन्याको नैरोबीबाट उडेको उक्त जहाज इथियोपियाको बिसोफ्टुमा दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमााउने नेपाली नगारिकको मृत्यु भएकोबारे आधिकारिक पुष्टि भएको छैन। 

इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको थियो।

केन्याको स्ट्यान्डर्ड मिडिया अनलाइनले पनि दुर्घटनाग्रस्त विमानमा 'एकजना नेपाली नागरिक पनि रहेको' लेखेको छ।

दुर्घटनाग्रस्त विमानमा ३२ देशका नागरिक तथा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि यात्रामा रहेका ‘इथियोपियन एअरलाइन’ ले जनाएको छ। विमानमा सबैभन्दा धेरै केन्याका नागरिक रहेको जनाइको छ।

पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन् । 

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना रहेका थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच तथा भारत र स्लोभाकियाका चार–चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ । 

विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना रहेका छन् भने बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जनाको मृत्यु भएको छ । 

विमान कम्पनीले दिएको सूचना अनुसार आइतबारको विमान दुर्घटनामा ३२ जना केन्याली, १८ जना क्यानडाली, ९ जना इथियोपियाली नागरिकको मृत्यु भएको छ।  

त्यस्तै विमानमा सवारमध्ये चीन, इटाली र संयुक्त राज्य अमेरिकाका आठ–आठ जना रहेका थिए भने बेलायत, फ्रान्सका सात–सात जना थिए । यस्तै इजिप्टका छ, नेदरल्याण्डका पाँच र भारतका चार जना विमानमा रहेका कम्पनीले जानकारी गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.