प्रहरीले पुर्जी काटेपछि खुमा अर्यालले गुहारे अदालत

प्रहरीले पुर्जी काटेपछि खुमा अर्यालले गुहारे अदालत

पोखरा : ठगी आरोपमा कास्की प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि गण्डकी मेडिकल कलेज (जीएमसी) का अध्यक्ष खुमा अर्याल अदालत पुगेका छन् । उच्च अदालत पोखरामा उनले पक्राउ पुर्जीविरुद्ध निषेधाज्ञा माग्दै २३ फागुनमा रिट हालेका हुन् । 

अर्यालसहित कलेजका १० जनालाई प्रहरीले पुर्जा काटेको छ । २ जना समातिएर हिरासतमा छन् । २२ फागुनमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । त्यसको भोलिपल्टै अर्याल अदालत पुगेका हुन् । पुर्जी जारी गरेलगत्तै प्रहरीले कलेजका पूर्वसीईओसमेत रहेका सञ्चालक सन्तोष खनाल र कर्मचारी लक्षमण शर्मालाई पक्रेको थियो । 

अर्यालको रिटमा आइतबार अदालतमा सुनुवाइ भएको छ । उनको पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त, डा रामकृष्ण अधिकारी, कृष्ण थापाले पैरवी गरे । न्यायाधीश जगतप्रसाद श्रेष्ठको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गरेको छ । 

अर्यालले जिल्ला अदालत कास्की, कास्की प्रहरी, कास्की प्रशासन र ३ जना विद्यार्थीलाई विपक्षी बनाएर रिट हालेका थिए । उच्च अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीमा नाममा आदेश जारी गरेको हो । 

उच्च अदालतका रामप्रसाद न्यौपानेले दिएको जानकारी अनुसार रिट निवेदकको मागअनुसार अन्तरिम आदेश भने आइतबार जारी भएन । त्यसबारे छलफल गर्न २९ गते दुवै पक्षलाई अदालतले डाकेको छ । सरकारले तोकेभन्दा १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको आरोप लगाउँदै विद्यार्थीले अध्यक्ष अर्याल लगायतविरुद्ध कास्की प्रहरीमा २१ फागुनमा उजुरी गरेका थिए । 

जीएमसी कलेजका प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनका कर्मचारी दिनेश पौडेल, पूर्वसीईओ सन्तोष खनाल, कर्मचारीहरु तिलक पौडेल, लक्ष्मणप्रसाद शर्मा, कृष्ण पौडेल र कृष्ण घिमिरेका नाममा प्रहरीको पक्राउ पुर्जी जारी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.