कमल थापा भन्छन् : सक्ने जतिले देश लुटे, ब्रम्ह्‍लुट मच्चाए

कमल थापा भन्छन् : सक्ने जतिले देश लुटे, ब्रम्ह्‍लुट मच्चाए

गुलरिया  :नेपालमा राजाको अभिभावकत्व नभएकाले सक्नेजतिले देशलाई लुटेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वताएका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बर्दियामा आयोजित आमसभालाई सम्वोधन गर्दै अध्यक्ष थापाले देशमा विदेशी चलखेलसँगै भ्रष्टाचार र ब्रम्ह्लुट ब्यापक भएको आरोप लगाएका हुन् ।

नेपालमा नेताहरुले विदेशीको दवावमा पैसा खाएर हिन्दुराष्ट्रको पहिचान समाप्त पारेको उनको भनाई छ । नेपाली जनतालाई पैसाको लालच, भ्रमपूर्ण झुटा कुरा फैलाएर हिन्दु धर्म परिवर्तन गराई विदेशी धर्म लाद्ने काम भइरहेको उनको गुनासो थियो । ‘विदेशीहरु एकातिर हिन्दु धर्र्म नष्ट पार्ने र अर्कोतिर नेपाली पहिचान ध्वस्त पार्ने षडयन्त्रमा लागेका छन्, यो चलखेललाई मिलेर रोक्नुपर्छ’, उनले भने । 

हिन्दु धर्मले समभावको सम्वन्ध निर्दिष्ट गरेकाले नेपालमा परापूर्वकालदेखि सबै धर्मावलम्वी मिलेर बस्दै आएको थापाले प्रष्ट पारे । गणतन्त्रपछि नेपालमा धार्मिक द्वन्दको खतरा बढेको बताउँदै उनले राजासहितको प्रजातान्त्रिक हिन्दुराष्ट्र फर्काउने अभियानमा राप्रपा लागिरहेको जिकिर गरे । 

गत फागुन १४ गते ताप्लेजुङ्गको पाथीभरा मन्दिरबाट निकालिएको रथ मेची–महाकाली यात्रा गर्दै फागुन ३० गते काठमांडौंमा समापन हुने कार्यक्रम छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.