सरकार-सीके सहमति महाभारतको ‘अश्वस्थामा हतोहत’ जस्तै

सरकार-सीके सहमति महाभारतको ‘अश्वस्थामा हतोहत’ जस्तै

काठमाडौं : नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सीके राउत र सरकारबीच भएको सम्झौतामा शशंकित हुनुपर्ने बताएका छन् । आइतबार राति ट्वीट गर्दै उनले सीकेसँगको सहमतिमा जनअभिमत शब्दको प्रयोगलाई महाभारत कथामा द्रोणाचार्यको बध गर्न प्रयोग गरिएको द्वीअर्थी कुरासँग तुलना गरेका छन् ।

उनले लेखेका छन् महाभारतमा 'नरो वा कुन्जरो वा अश्वस्थामा हतोहत’भन्ने द्वीअर्थी कुरा गरेर द्रोणाचार्यको बध गरेझैं केपी सरकार–सीके सहमतिमा ‘जनअभिमत’मा आधारित लोकतान्त्रिक विधि भनेर जनमतसंग्रह अर्थ्याउने ढोका खोलिएको त हैन ?’ 

भट्टराईले लोकतन्त्र भनिसकेपछि फेरि त्यसमा जनअभिमत शब्द किन थपियो भन्दै प्रश्न गरेका छन् । ‘दालमें कुछ काला तो है ?'।

स्वतन्त्र मधेशको माग राख्दै गतिबिधि गर्दै हिडेका सीके राउतलाई कारागारमा थिए । सर्वाेच्च अदालतको आदेशमा बिहीबार कारागार मुक्त भएका सीके र सरकारबीच शुक्रबार ११ बुदेँ सहमति भएको थियो । विखण्डकारी मुद्दा त्याग्ने भन्दै सहमति गरेका उनी आइतबार जनकपुर पुग्दा उनलाई कार्यकर्ताले विखण्डनकारी नारा लगाउनुकासाथै फ्री मधेस लेखिएका ब्यानर बोकेका थिए । सुरक्षाका लगि भनीछुटै सुरक्षा दस्तासमेत प्रदर्शन गरिएको थियो ।

सहमतिविपरित सीकेको विखण्डनकारी गतिविधिले सबैलाई शंकित गराएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.