दोलखामा करेन्ट लागेर एकको मृत्यु
दोलखा : फ्रिजमा जाेडेको करेन्ट सट भएर उत्तरी दोलखाको बाबरेमा एकजनाको मृत्यु भएको छ । आइतबार राति फ्रिजमा जोडेको करेन्ट लागेर कालिञ्चोक गाउँपालिका-२, बाबरेका २९ वर्षका मदन थामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फ्रिजमा राखिएको मासु निकाल्ने क्रममा राति करिब साढे ११ बजे करेन्ट लागेको मृतकका पिता दलबहादुर थामीले बताए । मृतक थामीले मासुको व्यवसाय गर्ने गरेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेपछि उपचारको लागि चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र ल्याउने क्रममा बीच बाटोमै थामीको मृत्यु भएको परिवारले बताएका छन् ।