फेरियो रुट, छोटियो यात्रा

फेरियो रुट, छोटियो यात्रा

रूकुम पूर्व : रूकुम पूर्वलाई मध्यपहाडी लोकमार्गले जोडेपछि यात्रा सहज भएको छ। कृषिउपज बिक्रीदेखि संघीय राजधानी काठमाडौं जाने रुट फेरिएको छ। यसअघि घरबाट पश्चिम हुँदै काठमाडौं जानुपथ्र्यो। अहिले पूर्वको बाटो आउजाउ गर्न थालिएको छ।

यो मार्ग खुलेपछि बाटो छोटिएको छ। स्थानीयलाई यात्रा सहज पनि बनेको छ। मध्यपहाडी लोकमार्ग, केही राप्ती लोकमार्ग र महेन्द्र राजमार्ग हुँदै काठमाडौं पुग्नुपथ्र्यो। पछिल्लो समय मध्यपहाडीबाट पृथ्वी राजमार्ग हँुदै काठमाडौं जान थालेका हुन्।

यहाँका बासिन्दाले बागलुङ–पर्वत–कास्की–तनहुँ–चितवन रुट प्रयोग गर्न थालेका छन्। रूकुम पश्चिम–सल्यान–दाङ–कपिलवस्तु–रूपन्देही–नवलपरासी–चितवन रुटभन्दा २ सय किलोमिटर छोटो पर्ने सिस्ने–६ का किरण गौतमले बताए। नयाँको लम्बाइ ४ सय २८ किलोमिटर छ। अर्को रुट ६ सय ३८ किलोमिटर लामो छ। भुमे र पुथाउत्तरगंगा गाउँपालिकावासीका लागि यो रुट झनै लामो पर्छ। पूर्वी रुट ४ सय २८ किलोमिटरभन्दा छोटो पर्छ।

‘पूर्वतर्फको रुटबाट हामीलाई सजिलो छ’, उनले भने, ‘जिल्लाका अधिकांश बासिन्दा यही रुट भएर काठमाडौं जान्छौं।’ रुट छोटो, सडक रमाइलो भएकाले अधिकांश यात्रु नयाँबाट आउजाउ गर्ने गरेको उनले सुनाए। वर्षाका केही महिनाबाहेक रूकुम पूर्वका लागि नयाँ रुट उपयुक्त रहेको उनको भनाइ छ। कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाले चाँडै वर्षा याममा पनि सडक सञ्चालन हुने अवस्था छ।

सिस्ने गाउँपालिका कैचीमोडबाट भुमे गाउँपालिका–१ पातिहाल्नेसम्म ४५ किलोमिटर मध्यपहाडी लोकमार्ग छ। उक्त खण्डको कालोपत्रे गर्ने काम अन्तिम चरणमा छ। काम सम्पन्न भएपछि पोखरा–काठमाडौं आउजाउ झनै सहज हुने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए। लोकमार्ग स्तरोन्नतिको काम सकिएपछि जिल्लामा उत्पादित वस्तु बाहिर पठाउन तथा बाहिरबाट ल्याउन सजिलो हुने उनले बताए।

‘मध्यपहाडीले समग्र रूपमा जिल्लावासीलाई सजिलो बनाउँदै लगेको छ’, उनले भने, ‘हामीले सडकको अधिकतम उपयोग गरी यसबाट धेरै फाइदा लिन सक्नु सडकसँग जोडिएको औचित्य हुन्छ।’

लोकमार्गले सिस्ने र भुमे गाउँपालिकाका महत्वपूर्ण क्षेत्र छोएको छ। पुथाउत्तरगंगा गाउँपालिकाको सहायक सडकसँग जोडिएको छ। जिल्लाका अधिकांश ठाउँको पहुँचमा छ लोकमार्ग। भुमे गाउँपालिका लुकुमबाट बस काठमाडौंका लागि छुट्छ। धेरैले साना गाडी रिजर्भ गरी आउजाउ गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.