रारा महोत्सवमा नाटकसँगै बहस

रारा महोत्सवमा नाटकसँगै बहस

सुर्खेत : २३ फागुनबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी रारा राष्ट्रिय नाटक महोत्सव– २०७५ को तेस्रो दिन नेपाली समाजको समसामयिक विषयवस्तु समेटिएका दुई नाटक मञ्चन गरिएका छन्।

महोत्सवमा मानवअधिकार मञ्च इलामको ‘म पहिलो सन्तान किसान जन्माउँछु’ र कर्णाली कला प्रतिष्ठान सुर्खेतको ‘आमाको सपना’ शनिबार मञ्चन गरिएको छ। सुवास लुइँटेल, कविता लुइँटेल, नितेश लोहार, सफलता राई, प्रकाश मगर, सुशान्त चापागाईं, प्रतिमा रिजालको अभिनय रहेको यो नाटकलाई सुरेश पोर्तेलले निर्देशन गरेका थिए। डा. देवी क्षत्री दुलालले लेखेको यो नाटकले नेपालमा रोजगारीको सम्भावनालाई औंल्याएको थियो।

शनिबार साँझ कर्णाली कला प्रतिष्ठान सुर्खेतले नाटक आमाको सपना मञ्चन गर्‍यो। यो नाटकले वैदेशिक राजगारीमा जानुभन्दा नेपालमै केही गरौं भन्ने सन्देश युवालाई दिएको थियो। अकवर खान निर्देशित तथा बालकृष्ण सुनार लिखित यो नाटकमा भूमिका परियार, अर्जुन तिरुवा, जीवन बीसी, गीता कटुवाल, मोहन परियार, सीमा सुनार, निर्मला सुनार, शिशिर श्रेष्ठ, मदन रेग्मी, अजित बौडेलसहितको अभिनय थियो।

सांस्कृतिक संस्थानको मूल आयोजना तथा आरंग नेपाल सुर्खेत स्थानीय आयोजक रहेको रारा राष्ट्रिय नाटक महोत्सवमा आरंग नेपालको ‘मुसल पर्व’, सोलुखुम्बु नाट्य समूह, सोलुखुम्बुको ‘आरन’ र खप्तड सांस्कृतिक मञ्च परिवार, कैलालीको ‘छाउ’ प्रदर्शन भइसकेका छन्। मूल आयोजक सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाका अनुसार, फागुन २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा जम्मा १४ नाटकको सहभागिता रहेको छ।

‘समृद्ध नेपाल र सुखी नेपाल’ नारा दिइएको महोत्सवमा हरेक दिन दुई नाटक प्रदर्शनका साथै नाट्य परम्परा, यसको वर्तमान अवस्था, भावी कार्यदिशा र यो क्षेत्रले व्यहोर्नु परेको समस्याका विषयमा हरेक दिन बिहान छलफल र अन्तरक्रिया भइरहेको छ। छलफलमा नाट्यकर्मसम्बन्धी कार्यपत्र प्रस्तुतसमेत हुँदै आएको जनाइएको छ।

यसैगरी, शनिबार बिहान सम्पन्न नाट्य विमर्श कार्यशालामा डा. दीपक गौतमले ‘सुर्खेतको नाटक इतिहास’ र रंगकर्मी तथा अनुसन्धानकर्ता प्रवीण पुमा राईले ‘नाटकको व्यावसायिक विकास र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालयको मानविकी संकायका डिन खोपीराम लम्साल र प्राडा सावित्री कक्षपतिले टिप्पणी गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.