देवदहमा तरुण दलका कार्यकर्ताको हत्या, पाँचजना पक्राउ

देवदहमा तरुण दलका कार्यकर्ताको हत्या, पाँचजना पक्राउ

बुटवल : रुपन्देहीको देवदहमा फेरि युवाको हत्या भएको छ। आइतबार राति एक युवाको समूहले अर्को समूहका युवाको हत्या गरेका छन्। तरुण दलका कार्यकर्ता देवदह खैरेनीका २० वर्षीया अनिश पुरीलाई घोडाहामा अर्का युवाको समूहले हत्या गरिएको हो।

पुनलाई चिर्पटले हानेर हत्या गरिएको प्रहरीले जनाएको छ। करिब एक दर्जन युवाको समूहले उनलाई बोलाएर आक्रमण गरेको र घाइते अवस्थाका उनको देवदह मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिल्ली मल्लले जानकारी दिए।

देवदहमा लाग्ने मेलाको पार्किङको विषयमा पुरानो दुस्मनी साध्दा पुरीको मृत्यु भएको बताइएको छ। उनको छातीमा गम्भीर चोट छ। देवदह बुद्धनगरका युवाले उनीमाथि आक्रमण गरेको थियो। घटनामा संलग्नको आशंकामा पाँच युवा प्रहरी नियन्त्रणमा छन्।

१२ कक्षामा पढ्दै गरेका पुनका बाबुआमा अर्धचेत अवस्थामा छन्। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। देवदहमा पछिल्ला वर्षमा लागूऔषध, गुन्डागर्दी र गोली प्रहारका घटना हुँदै आएका छन्। प्रहरीको कमजोर सुरक्षा र तस्करीको मुख्य इलाका भएकाले देवदह अशान्त बनेको स्थानीयको बुझाइ छ।यसअघि मनोज पुन समूहले स्थानीय व्यवसायी दुर्गा तिवारी र बसन्त पौडेलको हत्या गरेको थियो।

पछिल्लो पाँच वर्षयता देवदहमा वर्षैपिच्छे हत्याका घटना हुँदै आएका छन्। चर्चित गुण्डानाइके मनोज पुनको उदयपछि अपराध श्रृङखला सुरु भएको स्थानीय बताउँछन्।मनोज पुनसहित सोम आलेको गत वर्ष प्रहरी इन्कान्टरमा मृत्यु भएको थियो।मनोजको अन्त्यपछि पनि देवदह अशान्त छ।

सुरक्षा निकाय भैरहवामा
भैरहवा र बुटवलको दुरी २० किलोमटिर छ‍। प्रहरी प्रमुख सर्बेन्द्र खनालसहितको सबै उच्च सुरक्षा निकाय आइतबार बिहानदेखि नै भैरहवामा छ। तर आइतबारै साँझ देवदहमा युवाको हत्या भयो। सुरक्षा बैठकमा अपराध, सीमा सुरक्षा र विप्लपको विषय जोडतोडले उठिरहेको छ। अहिले गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षाकर्मीको गोष्ठी चलिरहेको छ। सुरक्षा व्यवस्था कमजोर रहेकै कारण हत्याका घटना भइराखेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.