राजधानीमा हुने राप्रपाको आमसभा सर्यो
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मेची महकली राष्ट्रीय स्वाभिमान यात्राको समापन कार्यक्रम सरेको छ। ३० गते हुने भनिएको समापन कार्यक्रम १ गतेका लागि सरेको पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनकारी दिए।
राप्रपाले उक्त यात्रा गत फागुन १५ गते ताप्लेजुङबाट आरम्भ गरेको थियो। मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा चैत १ गते अपरान्ह १२ बजे काठमाडौंको भृकुटीमण्डपमा कलश यात्रा र विशाल आमसभा सहित समापन हुनेछ।
यात्रामा राप्रपाका नेताहरू देशका विभिन्न भागमा पुगेर विभिन्न कार्यक्रम तथा सभाहरूमा सहभागि भएका थिए।