रुकुममा रेडपाण्डा संरक्षण सुरु

रुकुममा रेडपाण्डा संरक्षण सुरु

रुकुम पश्चिम : दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) संरक्षणका लागि रुकुम पश्चिम र रुकुम पूर्वमा कार्यक्रम सञ्चालन हुने भएको छ। आइतबार रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा एक कार्यक्रमको आयोजना गरी रेडपाण्डा नेटवर्क र हुरेक कार्स रुकुमको सहकार्यमा दुवै रुकुममा कार्यक्रम लागू हुने जनाएको छ।

विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको संरक्षण तथा चोरी शिकारी नियन्त्रणमा जनप्रतिनिधि र पत्रकारको भूमिकाका विषयमा अन्तक्रिया समेत गरिएको छ। रेडपाण्डाको बासस्थान पश्चिम नेपालमा ७० प्रतिशत रहेको र यसको चोरी शिकारी समेत यसै क्षेत्रमा बढी भएकाले त्यसको संरक्षणका लागि पश्चिम नेपालमा समुदायमा आधारित हाब्रे संरक्षण कार्यक्रम लागू गरिएको रेडपाण्डा नेटवर्कका कार्यक्रम संयोजक सरोज श्रेष्ठले जानकारी दिए।

साढे दुईवर्षसम्म सञ्चालन हुने यस कार्यक्रममार्फत रेडपाण्डाको अनुसन्धान, अनुगमन र संरक्षण गर्ने, शिक्षा तथा जनचेतना अभिवृद्धि गर्ने, हाब्रेको बासस्थान व्यवस्थापन गर्ने र दीगो जीविकोपार्जनका क्रियाकलाप सञ्चालन गर्ने उनले बताए। 

पहिलो चरणमा रुकुम पश्चिमको जिल्लाको बाँफिकोट गाउँपालिका र रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा कार्यक्रम लागू गर्ने र पश्च्मिको आठविसकोट नगरपालिकामा र पूर्वको भुमे गाउँपालिकामा पनि सर्वेको काम गरेर आवश्यकता अनुसार विस्तार गर्ने योजना रहेको बताइएको छ।

करिब दुई हजार दुईसयदेखि चार हजार मीटरको उचाईमा रहेका जंगल, विशेषगरी पानीका स्रोत भएको क्षेत्रमा रेडपाण्डाको बसोबास हुने भएकाले त्यस्तो क्षेत्र भएका स्थानीय तहलाई छनोट गरेर कार्यक्रम सञ्चालन गरेको रेडपाण्डा नेटवर्कले जनाएको छ।

जिल्लास्तरमा डिभिजन वन कार्यालयसँग समन्वय गरेर समुदायस्तरमा पनि गोठालालाई संरक्षणका लागि जागरुक बनाउने, विद्यालयमा इको क्लब गठन गरेर परिचालन गर्ने, पानीका मुहानको संरक्षणमा जोड दिने, विद्यार्थीलाई इको ट्रिपमा लैजाने, जिविकोपार्जनका लागि विभिन्न विरुवा वितरण गर्ने लगायतका क्रियाकलापहरु परियोजनामा समावेश भएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए। 

कार्यक्रमा रेडपाण्डा नेटवर्कका सञ्चार अधिकृत प्रगति शाहीले पश्चिम नेपालमा रेडपाण्डाको बढी चोरी शिकारी हुने गरेको तथ्याङ्क र उदाहरणहरु प्रस्तुत गरेकी थिइन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र अन्य कानुनी व्यवस्थाको बारेमा जानकारी गराउँदै शाहीले हाब्रे संरक्षणमा जनप्रतिनिधि र पत्रकारहरु पनि सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए। 

कार्यक्रम सञ्चालनका लागि पहिलो वर्ष २०१९ का लागि रुकुम पश्चिममा ११ लाख ३९ हजार ६ सय १० रुपैयाँ र रुकुम पूर्वका लागि १३ लाख ५८ हजार ९ सय ३० रुपैयाँ बजेट रहेको कार्यक्रममा जानकारी गराइएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.