अमेरिकी सहरको मेयर बन्यो बाख्रो

अमेरिकी सहरको मेयर बन्यो बाख्रो

काठमाडौं : अमेरिकाको बरमोन्टस्थित फेयर हेभन सहरमा एक बाख्रालाई मेयर बनाइएको छ।मेयर चुन्नका लागि चुनाव  गरिएको थियो।मेयरका लागि १६ वटा अन्य जनावर पनि उम्मेदवार बनाइएका थिए।उम्मेदवारका लागि कुकुर र बिरालालाई पनि समावेश गराइएको थियो।

अन्तिममा तीन वर्षको लिंकन नामको बाख्रा सहरको मेयर बन्यो।लिकंन १३ भोट ल्याएर मेयर बनेको हो।उनको निकटतम प्रतिद्वन्द्वी सैम्मी नामको कुकुरले १० भोट लिएर हार खानुपर्‍यो।अरु उम्मेदवारहरुले जम्मा ३० भोट मात्र प्राप्त गरे।
लिंकनको कार्यकाल १ वर्षको हुनेछ।

लिंकनलाई टाउन मिटिङ डेको अवसरमा मेयर बनाइएको हो।लिंकनले मेयरको पदभार पनि सम्हालिसकेको छ। अब लिंकन सहरमा हुने कार्यक्रममा प्रमुख अतिथि भएर कार्यक्रमको उद्घाटन गर्नेछ। फेयर हेभनमा करिब २५ सय मानिसको बसोबास छ।यहाँ अहिलेसम्म कोही मेयर बनेका छैनन्।

टाउन म्यानेजरका अनुसार जनावरलाई सहरको मेयर बनाउने आइडिया उनलाई उत्तरी मिसिगन राज्यले दिएको थियो।सोही अनुसार उनले स्थानीयस्तरमा खेलकुद मैदानका लागि रकम जुटाउन यो तरिका अपनाएका बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.