चीनले रोक्यो बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानको उडान

चीनले रोक्यो बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानको उडान

बेइजिङ :  चीनको नागरिक उड्डयन प्राधिकरणले घरेलु वायुसेवा कम्पनीहरुलाई बोइङ ७३७ म्याक्स ८ मोडेलका विमानहरुको उडान अस्थायीरूपमा स्थगन गर्न निर्देशन दिएको छ।

चिनियाँ प्रशासनले अमेरिकी सङ्घीय उड्डयन प्रशासन र बोइङसँग परामर्श गरी उडान सुरक्षामा सुनिश्चितता भएपछि मात्र उक्त मोडलको विमानको उडान पुनःसञ्चालन गर्ने जनाएको छ।

उक्त मोडेलका दुई वटा विमान ६ महिनाको अन्तरालमा उड्नासाथ दुर्घटनाग्रस्त भएका छन्। आईतबार मार्च १० तारिख इथियोपियन एयरलाइन्सको उक्त मोडलको विमान दुर्घटना भएपछि चीनले यो कदम चालेको हो।

छाइचिङ डटकमका अनुसार, एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न लगायतका चिनियाँ वायुसेवा कम्पनीसँग ६० वटा भन्दा यही मोडलका विमान छन्।

इथियोपियन एयरलाइन्सको दुर्घटनामा विमानमा सवार चालक दलका ८ सहित सबै १४९ यात्रुको मृत्यु भएको थियो। इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको नैरोबीका लागि उडेको विमानमा एक नेपाली र आठ चिनियाँसहित ३२ देशका नागरिकको मृत्यु भएको थियो।

यसअघि गत अक्टोबरमा इण्डोनेसियामा लायन एयरद्वारा सञ्चालित् यही मोडेलको विमान दुर्घटना हुँदा सवार सबै १८९ जनाको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.