उपाधिमा ह्याट्रिक गर्ने भलिबल टिमलाई गृहजिल्लामा सम्मान

उपाधिमा ह्याट्रिक गर्ने भलिबल टिमलाई गृहजिल्लामा सम्मान

रुकुम पश्चिम : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि सल्यानमा आयोजित कर्णाली प्रदेश पुरुष भलिबलको उपाधि विजेता रुकुम पश्चिमलाई सम्मान गरिएको छ । 

सोमबार जिल्ला समन्वय समिति, मुसीकोट नगरपालिका, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याटमिण्डन संघ लगायतले सम्मान गरेका हुन् । 

खेलाडीहरुलाई मुसीकोट नगरपालिकाले नगदसहित सम्मान गरेको छ । १२ जना भलिबल खेलाडीर एकजना उसु खेलाडीलाई नगरपालिकाले जनही २÷२ हजार नगद प्रदान गरेको छ । 

त्यस्तै जिल्ला ब्याटमिण्टन संघका अध्यक्ष अनिल बुढाले भलिबल टीमलाई ५ हजार प्रदान गरे । यसका साथै जिल्ला समन्वय समिति र जिल्ला क्रिकेट संघले दोसल्ला ओढाएर सम्मान गरेका छन् । 

जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायतले खेलाडीहरुलाई सम्मान गरेका हुन् । 

त्यस्तै जिल्ला क्रिकेट संघले भने संघको कार्यालयमा बोलाएर खेलाडीहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष दीपक बाँठामगर सहित संघका पदाधिकारीहरुले खेलाडीलाई दोसल्ला र अविरले सम्मान गरे । यसका साथै सम्मान स्वरुप खेलाडीहरुलाई खलंगा बजार परिक्रमा गराइएको थियो । जिल्ला खेलकुद विकास समितिले पञ्चेबाजासहित खेलाडीहरुलाई बजार परिक्रमा गराएको हो । 

आइतबार सुर्खेतलाई पराजित गर्दै रुकुम पश्चिम प्रतियोगिताको बिजेता बनेको थियो । योसँगै रुकुम पश्चिमले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजना हुने छनौट प्रतियोगितामा लगातार तेस्रो पटक बिजेता बन्दै ह्याट्रिक गरेको छ । 

यसअघि जिल्लाले छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि २०६८ मा कालिकोटमा आयोजना भएको र सातौं राष्ट्रिय खेलकुदको छनौटका लागि रुकुममा २०७० सालमा आयोजना भएको छनौट प्रतियोगिताको उपाधि जितेको थियो ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.