मकवानपुरमा महिला र पुरुषलाई समान ज्याला लागु गरिने

मकवानपुरमा महिला र पुरुषलाई समान ज्याला लागु गरिने

हेटौंडा : मकवानपुरका स्थानीय तहहरुमा समान कामको समान ज्याला लागु गरिने भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा आइतबार बसेको समन्वय बैठकले जिल्लामा महिला र पुरुषबीच समान कामको समान ज्याला लागु गर्ने निर्णय गरेको हो । महिला दिवसकाे सन्दर्भ पारेर यस्ताे निर्णय भएकाे हाे ।

जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं उपप्रमुखले आगामी आर्थिक वर्षबाट ऐन नै बनाएर महिला र पुरुषबीच समान कामको समान ज्याला लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कानुनमै उल्लेख भए अनुसार महिला र पुरुषबीच समान कामको समान ज्याला प्राप्त गर्ने अधिकार निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख खुलालले बताए ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, थाहा नगरपालिकाका मेयर लवशेर विष्ट लगायत मकवानपुरका १० वटै स्थानीय तहका प्रमुख÷उपप्रमुखहरुको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.