'सिके राउतले पुरानै गतिविधि दोहोर्‍याए सरकार चुप बस्दैन'

'सिके राउतले पुरानै गतिविधि दोहोर्‍याए सरकार चुप बस्दैन'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवम् असन्तुष्ट समुहसँग वार्ता गर्न सरकारले बनाएको उच्चस्तरीय वार्ता समितिका पूर्व संयोजक सोमप्रसाद पाण्डेले देश विखण्डनको नारा बोकेको सिके राउत समुहलाई अखण्ड राष्ट्रको एजेण्डामा सहमत गराउनु ठूलो उपलब्धि भएको बताएका छन् । 

सोमबार सम्वाद चौतारीले राजधानीमा गरेको अन्तर संवादमा बोल्दै पाण्डेले राउतसँगको सहमति अचानक नभई उनका दाजुसँगको पटक पटकको वार्ताबाट मात्रै देश विखण्डनको मुद्धा छोड्न उनी तयार भएको बताए । 

'मेरो संयोजकत्वको वार्ता टोलीले पटक पटकको छलफलबाट सहमतिको वातावरण बनाएको थियो', उनले भने, 'पछिल्लो समय प्रधानमन्त्री र शीर्ष तहका नेतृत्वले नै राउतलाई सहमतिमा ल्याउन अग्रसरता देखाउनु भएको हो ।'   

सरकारले सफा नियतका साथ देश विखण्डनको एजेण्डा त्यागेर मूलधारको राजनीतिमा राउतलाई अवतरणका लागि सहमति गरेको उनले बताए । 'उनका पछिल्लो गतिविधिले उनले फेरि पनि स्वतन्त्र मधेसकै लागि सरकारसँगको सहमतिलाई रणनीतिक रुपमा प्रयोग गरिरहेका छैनन्', उनले भने । 

सिके राउतको पछिल्ला गतिविधिलाई सरकारले कसरी हेरिरहेको छ भन्ने पत्रकारको प्रश्नमा पाण्डेले भने, 'यदि उनले सरकारसँग भएको सहमतिलाई अपब्याख्या गरेर पुरानै गतिविधिलाई निरन्तरता दिइरहे भने सरकार चुप लागेर बस्न सक्दैन ।'

फरक प्रसंगमा पाण्डेले जनअभिमतको अर्थ जनतमतसंग्रह हुनै नसक्ने भन्दै देश विखण्डनको एजेण्डामा जनमत संग्रह गर्ने कुरा आफूहरुले कल्पनासमेत गर्न नसक्ने जिकिर गरे ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.