बेहुला रक्सीले बहुलाएपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

बेहुला रक्सीले बहुलाएपछि बेहुलीले गरिन् बिहे अस्वीकृत

छप्रा, बिहार : भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्। रिंकी कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्ने तय भएको थियो। 

छोरीका बाबु त्रिभुवन साहले भने, 'बेहुला यति धेरै मदिरा सेवन गर्दा रहेछन् कि आफू कहाँ आइपुगें भन्ने समेत पत्तो हुँदो रहेनछ। बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन्।'

नातेदारहरूका अनुसार बिहे मण्डपमा पनि बेहुला उभिन सक्ने अवस्थामै थिएनन्। बिहेका अरु संस्कार पनि उनी ठीकसँग गर्न सकिरहेका थिएनन्। त्यही भएर बेहुलीले मण्डप छाडेर भागिन्।

दुबै परिवारले बिहेका लागि रिंकीलाई राजी गराउने प्रयत्न गरेका थिए तर उनी सहमत भइनन्। 

अन्त्यमा गाउँलेहरुले केटा पक्षले लिएको सबै दाइजो फिर्ता नगरेसम्म केटालाई उसको घर जान दिएका थिएनन्। 

भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट मानिसहरुको मृत्यु समेत हुने गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.