स्कुल बसले किचेकी बालिकाको मृत्यु
कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–२ हुल्म बजारमा स्कुल बसले किचेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । खाँडाचm नगरपालिका–२ निवासी २ वर्षिया बर्षा शाहीको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।
प्रहरीकाअनुसार सोमबार जिल्ला सदरमुकाम मान्मस्थित बालविकास बोर्डिङ स्कुलको भे १ ख २३८२ नम्बरको बसले हुल्म बजारमा ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको जिल्ला अस्पताल कालिकोटमा समान्य उपचार पछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको थियो ।
घाइते बालिकाको प्रदेश अस्पताल कालागाँउ सुर्खेत पुगेपछि अस्पतालमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !
१