५७ महिलाका रंगिबिरंगी चित्रकला

५७ महिलाका रंगिबिरंगी चित्रकला

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर पाटन संग्रहालयमा सामूहिक चित्रकला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा नयाँ पुराना ५७ जना महिला चित्रकारको सामूहिक चित्र प्रदर्शनी आइतबार सुरु भएको हो। सभासद् तथा पूर्वउद्योगमन्त्री अष्टलक्ष्मी शाक्यले पानसमा दीप बालेर प्रदर्शनी उद्घाटन गरेकी थिइन्।

महिलाको जीवनका विभिन्न आयामलाई अधिकांश कलाकारले चित्रमा समेटेका छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्याय, पूर्वउपकुलपति शारदा चित्रकार, डा. सीमा शाह, सुष्मा राजभण्डारी, चन्दा श्रेष्ठ, आर्य राजभण्डारी, भावना मानन्धर, विपना महर्जन, विधाता केसी, चन्द्रा श्रेष्ठ, डाफु बोहोरा, दीपमाला महर्जन, इन्दु पन्त, प्रमिला वज्राचार्य, एरिना ताम्राकार, जया शर्मा, ज्योति खड्का, कलादेवी लिम्बू, मिथिलादेवी यादव, पुनमकुमारी दास, रञ्जुकुमारी यादव, रीता मानन्धर, रेविका शाक्य, रेणुका महर्जन, संगी श्रेष्ठ, सम्झना राजभण्डारी, सविता डंगोल, सरितादेवी मण्डल, सपना शाह, सपना पौडेल, सौरगंगा दर्शनधारी, सुष्मा शाक्य, सुशीला सिंह, सुमित्रा राणालगायतका चित्र प्रदर्शनीमा राखिएका छन्।

कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति शारदा चित्रकार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण चित्रकार, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्य, प्रमुख अतिथि अष्टलक्ष्मी शाक्यलगायतले कलाकारले आफ्नो विषयमा नयाँपन दिन हरबखत कोसिस गर्नुपर्ने बताएका थिए। साथै कलाकार स्रष्टालाई चिनाउने अभियन्ता भएको बताउँदै उनीहरूको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए। प्रदर्शनी २८ फागुनसम्म चल्नेछ। भ्रष्टाचारविरुद्ध चित्रकला

काठमाडौं : भ्रष्टाचारविरुद्ध चित्रकला प्रतियोगिता काठमाडौंमा सम्पन्न भएको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा आयोजित प्रतियोगितापश्चात् नेपाल आर्ट काउन्सिलमा प्रदर्शनी चलिरहेको छ। मंगलबारसम्म चल्ने प्रदर्शनीमा प्रतियोगी ६५ युवा कलाकारका चित्रकला समावेश छन्।

प्रतियोगितामा उद्धवराज रिमाल प्रथम, कृष्ण लामा द्वितीय, साजन ह्योंगोजू तृतीय भए। अन्य नौ जना कलाकारका चित्रलाई सान्त्वना पुरस्कार दिइएको छ। छानिएका १२ चित्र आगामी वर्ष प्रकाशन हुने क्यालेन्डरमा समावेश गरिने बताउँदै आयोजक संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलका महासचिव मुकुन्दबहादुर प्रधानले भने, ‘प्रतियोगितामा सहभागी सबैजसो चित्रलाई नोटबुकलगायत सामग्रीमा प्रकाशन गरिनेछ।’

युवाहरू जागरुक नभएसम्म भ्रष्टाचारविरुद्धको अभियान पूरा नहुने र पढेरभन्दा हेरेर जनतालाई जागरूक गराउन सहज हुने भएकाले प्रतियोगिता र प्रदर्शनी गरिएको आयोजक संस्थाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.