रामचन्द्रको आरोप : सिके राउतबारे सभापति र प्रवक्ताले हचुवामा बोले

रामचन्द्रको आरोप :  सिके राउतबारे सभापति र प्रवक्ताले हचुवामा बोले

बुटवल : नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिके राउत समूहसँग सरकारले गरेको सहमतिको विषयमा पार्टीले अपरिपक्व प्रतिक्रिया दिएको बताएका छन्। सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले अध्ययन नै नगरी बोल्नु गलत भएको भन्दै उनले आलोचना समेत गरे।

बुटवलमा प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सहमितका विषयहरु गम्भीर रहेको भन्दै त्यसमा सहमत हुनै नसकिने बताए।

‘पार्टी सभापति र प्रवक्ताजीले अध्ययन नै नगरी हतारमा अपरिपक्‍व धारणा राख्नुभयो', उनले भने, ‘यो विषयमा मैले सुरुदेखि नै असहमति जनाइरहेको छु।  सिकेसँगको सहमति लगत्तै देउवा र शर्माले स्वागत गरेका थिए।'

पौडेलले भने सरकारले राष्ट्रिय अखण्डतामाथि नै प्रहार गरेको  दावी गरेका छन्। उनले सिके राउतसँग सरकारले गरेको सम्झौतामा जनमत संग्रहको कुरा गरेर राष्ट्रियताको बारेमा सरकार नै  गम्भीर नभएको आरोप लगाए। नेपालमा पृथकतावादी आन्दोलन सकिएको भनेर प्रधानमन्त्रीले दुश्प्रचार गरिरहेको उनको धारणा छ।

फरक प्रसंगमा सरकारका काम कारवाहीको विषयमा धारणा राख्दै उनले वाइडवडी काण्डमा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी निर्दोष रहेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई उनले सत्यलाई ढाकाछोप गर्न असत्यको प्रचार प्रसार गरेको टीप्पणी गरे। अख्तियारलाई समेत चुनौती दिने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति ढाक  छोप गर्ने प्रपन्च भएको आरोप लगाए। उनले छानविन आयोग भन्दा पनि ढाकछोप आयोग बनाएर पर्दा हाल्ने काम मात्रै गरको बताए। 
‘प्रधानमन्त्री निर्णय गर्ने जज होइनन्, उनले भने–‘छानबिन समिति बनाउनु भनेको ढाकछोप गर्ने रणनीति नै हो।' 
उनले यस विषयमा गहिरो अध्ययन हुनुपर्ने बताए। पौडेलले देशमा भष्ट्राचार मैलाउँदै गएको भन्दै सुनकाण्डदेखि लिएर चिनी काण्डसम्म सरकार असफल भएको अरोप लगाए। निर्मला पन्त हत्यामा सरकारले असफलता देखाएको देखाएको बताए। घटनाको दोषी  उपर कुनै पनि काम कारबाही गर्न नसक्नु लज्जाको विषय भएको बताए। 

विप्लव नेकपालाई उनले बेलैमा सम्बोधन गर्नुको विकल्प नभएको भन्दै सरकारले अविलम्ब  विप्लब नेकपालाई वार्तामा बोलाएर अगाडि बढाउनको लागि आग्रह गरे। 
पार्टीको अधिवेशनको सन्दर्भमा आफ्ना केही बुँदामा असहति रहेको भन्दै निर्वाचन समिति, अनुशासन समिति निर्माणमा सहमति आवश्यक रहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.